नेपाली कमिनिष्ट इष्ट–जन हो, धोका नदेउ अब 
बन्द्यौ बज्र समान सङ्गठनमा, फुट्दै नफुट्द्यौ अझ ।
चर्काे दम्भ–अहम् पछार दुइले, लोभी र पापी नभै 
जे गल्ती गरियो हिजो मुलुकमा, सम्झेर सुध्रे अब ।।

छोडी लालच–मोह– लोभ अब ता, निष्काम योगी बन 
जे छन् सम्पति हेर्न पाउन पर्याे, लुक्ने नहोस वैभव ।
सच्चा सेवक बन्न आँट नभए, कुर्लेर के हुन्छ र ?
बासी जीर्ण स्वभाव नै हुन गए, फुर्केर के हुन्छ र ??

गोटी बन्न हुँदैन है विगत झैँ, चर्का गरी भाषण 
खोटी बन्न हुँदैन है विगत झैँ, चिप्लन्छ रे आसन ।
पर्देसी जनले घुमाउन यहाँ, सक्छन् चनाखो बन 
छोड्दैनौँ जनतन्त्र हिँड्छु पथमा, भन्ने प्रतीज्ञा गर ।।

छोड्द्यौ रे जडसूत्रवाद अब ता, हाँस्द्यौ प्रजातन्त्रमा 
चर्काे कम्युनतन्त्र सक्किन गयो, यो विश्व ब्रह्माण्डमा ।
पाउन्नौ अनुदान बाह्य जगको, कम्रेड झर्रा बने 
बन्द्यौ है लचिलो उदार मनका, सत्ता चलोस् ऐनले ।।ं

आफ्नो धर्म र रीति सम्स्कृतिसँगै, नाच्द्यौ प्रजातन्त्रमा
कोरा क्रान्ति पिलाउने दिन गए, हाँस्द्यौ प्रजातन्त्रमा ।
मालेवाद– पखाल फाल युगले, सत्कार गर्दैन रे 
पूँजीवाद ं समाजवाद दुइका, उम्दा विउ रोप रे ।।

ंप्रायश्चित्त गरेर शासन सफा, सम्वृध्दि खोज्ने बनोस् 
पक्षी औ प्रतिपक्षका मत सही, मानेर सोच्ने गरोस् ।
सच्चा वाम बनेर राम जपिद्यौ, स्वाधीनता प्राण हो 
सत्ता माद पिएर भ्रष्ट रहने, दुर्वृत्ति नै नाश हो ।।

धादिङ