ब्याहा गर्नुपरो भनेर हिँडियो तातो जवानी हुँदै
केटी छान्न जताततै दुगुरियो आफैँ फलाको दिँदै
भेटेका फलफूल भात हलुवा खाजा चिया छोडिन
हात्ती झैं म त सप्रिएँ तर प्रभो ! ढोई मिलेनन् किन ?

जस्तो बुद्धि भए पनि अघि सरी बाठै कुरा गर्दथेँ
खोक्रो जीवन पूर्ण, पूर्ण गफमा सुन्ने म नङ्गाउँथेँ
भाडाका कपडा धुजा बनिसके मान्छे नराम्रो थि’न
यौटा पोइ त योग्य नै छु नि प्रभो ! जोई मिलेनन् किन ?

फाट्यो बाइक कोट, तिर्नु कसरी जुत्ता त थाङ्नै भए
यो मोबाइल बिग्रियो म त फसेँ झन्झन् रिणैमा परेँ
बाँकी गर्न थिएन ढोँग रचना जाबो तरुनी लिन
कोही हेर्न छुटेन तै पनि प्रभो ? कोही मिलेनन् किन ?

एक्लै जीवन व्यर्थ बित्छ कि प्रभो ! विन्ती गरेँ लड्डुले
ध्वाँसी होस् बरु दोष दिन्न म प्रभो ! भेटेन यो गद्दुले
अर्को साल त पर्खनै कठिन भो, गाह्रो भो काट्नै दिन
पक्कै पोइ त बन्छु लाग्छ तर खै जोई मिलेनन् किन ?

पाँचथर, हाल : काठमाडौं