मुटुभित्र राखौँ भन्छु के मिल्दैन के
उनको अधर चाखौँ भन्छु के मिल्दैन के ।

दोबाटो चौबाटो कति ढुकीबस्नु
काखैमा राखौँ भन्छु के मिल्दैन के ।

देख्दैखेरि खुसी लाग्छ मिलन भए हुने
देवीदेउता भाकौँ भन्छु के मिल्दैन के ।

बेदनाको बिस्कुन सुकाई हासौँ कसरी  
दौलत दिउँ लाखौँ भन्छु के मिल्दैन के ।

उद्धेश्य एउटै भयो आफ्नो तुल्याउने
दिलमा दिल टासौँ भन्छु के मिल्दैन के ।

चाहानामा भिज्नथाले सिराने र तन्ना
मिलीसँगै नाचौँ भन्छु के मिल्दैन के ।

फूलबारी–  ११  पोखरा
फोन ः ९८०६६७७५९४