हेर ! हेर ! कुकुर पाल्नेका सान हेर !
र्डोयाएर निस्कंदाको अभिमान हेर।

गाई पालेर गर्वले दूध खान छाडी ।
छानी श्वानको जात खानदान हेर ।।

खुवाई पियाई ज्वाञि समान् गरि ।
सोफामाथी को? विराजमान हेर ।।

मल मुत्रले झन् दुषित पारी धरती।
मूल द्वारमा उसैको गुण गान हेर ।।

कहाँ पुग्यो त खै? हक हैकम अहो!
रहर नपुग्दैको त्यो अवशान हेर ।।

काभ्रे