सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

वस्तु

Nepal Telecom ad

बनायो के भनी कल्ले मदिरा नामको बस्तु ! height=
बनेको देख्छु ऐले त्यो सबैको कामको बस्तु !! {{read_more}}

मधुशाला कहाँ हुन्थ्यो कहाँ हुन्थे शराबी यी
नशाकै नाम मेटिन्थ्यो न हुन्थ्यो जामको बस्तु !

मजा केमा छ ? सोधेको ,शराबी लठ्ठिँदै बोल्यो –
“मदिरामै भएभरको छ है आरामको बस्तु ! “

यहाँ जे छन् जतिछन् ती सबैका याम आफ्नै छन्
छ यौटै यो मदिरा जो छ जम्मै यामको बस्तु !

छली आँखा जुठो हाल्ने गरेका छन् पुजारीले 
कहाँबाट बनोस् चोखो मदिरा धामको बस्तु ?

अँध्यारो चाहना गर्छन् अँध्यारोमै रमाउँछन्
कहाँ खोज्छन् चमेराले उज्यालो घामको बस्तु ?

न कुर्सीको न दौलतको कसैको हो त माटोको
सबैको बूँद के हुन्थ्यो महङ्गो दामको बस्तु ?   
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
भ्रष्टाचार हुन्छ

भ्रष्टाचार हुन्छ

कान्छा तिवारी
मर्नु छ

मर्नु छ

एम्.पी. कियरलेस