सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मेरो स्वनिर्मित पिँजडा र ‘म’

Nepal Telecom ad

हो साँचो हराएको छ height=
त्यो पनि 
मेरो स्वनिर्मित पिँजडाको {{read_more}}
जसभित्र मैले आफै 
आफ्ना चाहना बन्दी बनाएको छु ।

पिँजडा बनाउने पनि मै
चाहनाहरूलाई बन्दी बनाएर
ताल्चा लाउने पनि मै 
मेरो चाहना कैदी किन छन्
चिच्याउने पनि मै
अर्थात बोक्सी पनि मै
धामी पनि मै ।

त्यसैले अब म सबै 
सनातनी मान्यताहरू भत्काएर 
स्वतन्त्र चेतनाको सर्जक हुन चाहेर
मेरो दैनिकीमा यो प्रष्ट लेख्न उद्यत छु कि
सबै थोक म एक्लैले प्राप्त गर्ने
आफ्नो कुटिल स्वार्थका कारण नै
मेरो सोच स्वतन्त्र हुन सकेन
ढुकढुकी मेरो मुटुको नियन्त्रणमा रहेन 
त्यसैले दोष कसैको होइन
मेरो आफ्नै हो
साँचो अर्थमा म स्वयं नै स्वयंको बन्दी हुँ ।

अविश्वासको राप र तापमा
भविष्यप्रतिका मेरा आकाँक्षाहरू,
मैंले स्याहारेका हुर्काएका 
नवनेपालको प्रवेश द्वारमा 
सजाइएका मेरा स्वर्णिम सपनाहरूलाई
मैंले नै आफ्नो स्वनिर्मित पिँजरामा
बन्दी बनाएको छु ।
 
अब म पछुतो गर्दै, 
लागि परेको छु 
सबै काला आँधीहरूको मुहान थुतेर
पिँजराको हराएको साँचो खोज्न र
स्वतन्त्र गर्न आफ्ना सपनाहरूलाई
उज्यालो पार्न आफ्ना आकांक्षाहरूलाई
स्वनिर्मित पिँजडाको ढोका खोलेर
मेरो भविष्यको क्षितिजमा
इन्द्रधनुष उदाउनलाई
उदासी मन आँगनमा
लालीगुराँश मुस्काउनलाई ।

विराटनगर
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
मिटरब्याजी : तीन चड्कन

मिटरब्याजी : तीन चड्कन

लक्ष्मण नेवटिया
पहिले जस्तो किन हुँदैन जोगिरा सरररर

पहिले जस्तो किन हुँदैन...

लक्ष्मण नेवटिया
होली आयो – होली गयो फुस्सा !

होली आयो – होली...

लक्ष्मण नेवटिया
होलीका ठट्यौली

होलीका ठट्यौली

लक्ष्मण नेवटिया
फेरि किन बदनाम हुन्छ कसिङ्गर ?

फेरि किन बदनाम हुन्छ...

लक्ष्मण नेवटिया
चार चोक्टा

चार चोक्टा

लक्ष्मण नेवटिया
नेता पो म त

नेता पो म त

शिव सस्मित
मुला

मुला

वासुदेव ठकुरी
राष्ट्रिय करी चा-करी !

राष्ट्रिय करी चा-करी !

गायत्री परिरोशनी
ओठ र च्यापु

ओठ र च्यापु

भीम गाैतम