सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

यात्रा कता हो कता ?

Nepal Telecom ad

(झगडा मिटिङका काङ्ग्रेस) height=

ंनेता छन् भरमार प्राज्ञ जन छन्, शिक्षा लिएका युवा ।
बीपीभक्त भनेर गर्जन गरी, कुर्लीरहेछन् सदा ।। {{read_more}}
उन्कै चिन्तन स्पष्ट दर्शन सफा, नेपालको ‘वाद’ हो —
भन्छन्, किन्तु सधैँ खुराफत चली, नेपाल बर्बाद भो ।। १ ।।

ंमन्त्री— दूत— प्रधान शीर्ष पदको, कुर्ची— बटुल्नेहरू ।
धेरै देश घुमेर शासन सिकी, भत्ता— असुल्नेहरू ।
उन्कै नाम भँजाउँदै, मुलुकको, सर्बश्व लुट्ने जन ।
बीपीभक्त भनेर बोल्नु कसरी ? मान्दैन मेरो मन ।। २।।

हार्याे यो दलले चुनाब कसरी ? खोजी नगर्ने सबै ।
दोषै दोष दिएर अन्य जनमा, बाझ्ने र जुध्ने सधैँ ।।
मर्दै गो परमार्थ अर्थ दलमा, साँढा भए जब्बर ।
तन्नेरी नव नाइके पनि यहाँ, मात्रै बने कस्मल ।। ३ ।।

ंचूरो पक्ष ‘समाजवाद’ उनको, अभ्यास खै के भयो ?
बीपीको ‘जनतन्त्र’ मन्त्र— युगको, कल्ले समाई गयो ?
आफ्ना चाकर— वंश— बाहु–बलका, दाता रिझायौ सधैं ।
पैसामा सब बिक्न बेचिन गयौ, बेकार हल्ला अझै ।। ३ ।।

आफैलाई नियाल मन्थन गरी, अन्धा र पङ्गू जन ।
आफैलाई सँमाल चिन्तन गरी, गन्धा हटाऊ मन ।।
साँच्चै देश बनाउने मन भए, बोकेर उन्का कुरा ।
लागू गर्न तयार छौ यदि भने, फिर्छन् नयाँ पाउला ।। ४।।

चैते भाटगिरी कुवेर बनियाँ, आफ्ना बनायौ किन ?
जो छन् अब्बल त्यागका छवि सफा, घोक्रयाउँदै छौ किन ? ?
बाझाबाझ गरेर दम्भ बटुली, एक्लै बनी डुग्रँदा ।
सन्चो मान्न गयौ रतीरमणझैँ, यात्रा कता हो कता ? ।। ५ ।।

धादिङ
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
सैजुको ‘परावर्तन’ भित्र छोटो विचरण !

सैजुको ‘परावर्तन’ भित्र छोटो...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
क्रान्तिकारी कवि किसानमा प्रणाम !

क्रान्तिकारी कवि किसानमा प्रणाम...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
कैले हुने मालिक ?

कैले हुने मालिक ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जन-निनाद

जन-निनाद

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जन्मिए राष्ट्रवादी !

जन्मिए राष्ट्रवादी !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
कैले हुने मालिक ?

कैले हुने मालिक ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जन्मिए राष्ट्रवादी !

जन्मिए राष्ट्रवादी !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
गर्छिन् गथासाे बज्यै !!!

गर्छिन् गथासाे बज्यै !!!

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’