सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

थप अनुसन्धान भइरहेको छ 

Nepal Telecom ad

पहिले पहिले  height=
हजूरआमाको सुन
आधा तोला {{read_more}}
आमाको सुन 
चार तोला

अहिले 
हजारौंको रगत 
लाखौंको पसीनाले 
सिंचेर ल्याएको 
अर्थात 
झ्याम्म चिट्ठा परेर 
आएको यो गणतन्त्रमा

जसरी मनको कुरा बुझ्न गारो छ
बैंकको खाता हेरेर नगद कस्को भन्न गारो छ 
लालपुर्जा हेरेर घर धनी को हो भन्नै सकिन्न
कुरो सुनेर बुझ्न गारो छ
तिम्रो थैलीको पैसा गन्न जस्तो 
सजिलो छैन 
धनको कहाँ मन हुन्छ 
मनले कसरी धन बुन्छ 
भन्न गारो छ

ए आमै !
तोलाका दिन गए 
सुन नाप्ने नयां नापी आको छ 
एक हजार ग्रामको एक किलो ग्राम 
एक हजार किलो ग्राम को एक टन 
यस्ता टनका टन ओसार्छन डन 
केरकार त गर्छु 
को संग मिलेर ल्याउंछस ( लौ अहिल्यै भन !
उ बोल्दै बोल्दैन
बोल्छ आफ्नै मोबाइल फोन

भनेर साध्यै छैन 
बोलेर बोल्नै सक्दिन 
सकेसम्म जागीर जोगाउने हो 
नसके पछि कमसेकम 
ज्यान त जोगाउने नै हो

अनि भन्दिन्छु
आमा !

थप अनुसन्धान भइरहेको छ ।

काठमाडौं
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
सुरक्षा

सुरक्षा

स्नेह सायमि
रहरहरू

रहरहरू

स्नेह सायमि
कफी !

कफी !

स्नेह सायमि
कालो सूची

कालो सूची

स्नेह सायमि
मुसाहरू

मुसाहरू

स्नेह सायमि
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल
यी हातहरू

यी हातहरू

टङ्कबहादुर आले
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला