मेरा भएछन् अर्कै कुनै भोगविना ।
देशको भो शल्यक्रिया कुनै रोगविना ।।

हो स्वाभिमान भन्छ्यौ बनूँ कसोरी म ?
चल्दैन भान्छा मेरो उता ढोगविना ।।

रोपिन्न धानमकै जाउँला खाडीतिर ।
नेता र सत्ता काफी चल्छ लोगविना ।।

सम्झेर त्यस्ता कुरा हरे ! रुन्छ्यौ तिमी ।
मायाको सत्ता चल्छ आउ जोगविना ।।

धादिङ