तेत्तीस के.जी. सुनको कविता
आमा! आज बिहान पो सहरमा बोल्दै थियो रेडियो ।
गाउँका घरका र ती शहरका सम्चार त्यस्ले दियो ।। {{read_more}}
कर्णाली पनि चाख्नमाग्छ तर खै ? मुठ्ठी र मानो नुन ।
आको रैछ बिमानमा लुकिलुकी तेत्तीस के.जी.सुन !
कैल्हे भन्छ छ हात रे अति ठुला माछाहरूको भनी ।
कैल्हे नाम मुछिन्छ चिन्तित स्वयं काले र गोरे पनि ।।
र्गाहो भो झन बुझ्न पो कुन जुठो, निर्दोष(चोखो कुन ।
आको रैछ बिमानमा लुकिलुकी तेत्तीस के.जि.सुन ।।
कैल्हे भन्छ इमानदार दुधको साक्षी बिरालो थियो ।
धोका भो सुन चिप्लियो,अलप भो चर्पी भिरालो थियो ।।
आयो आउन ता गयो तर कता चौतर्फ भो गुन्गुन ।
आको रैछ बिमानमा लुकिलुकी तेत्तीस के.जी.सुन ।।
क्या मज्जा!ननिका गए दिन सबै आयो खुशी नै खुशी ।
गाउँमा सुन भो सुनै सहरमा मै मार्छु है बुर्कुसी ।
आमा!आगनमा अनेक गहना! छान्छ्यौ बुहारी कुन ?
आको रैछ बिमानमा लुकिलुकी तेत्तीस के.जी.सुन ।।
पन्चेश्वर–६, बैतडी