सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जय — श्वेतपत्र !

Nepal Telecom ad

‘श्वेतपत्र’ भन्नाले आधुनिक राजनीतिका अनुसार कुनै महत्वपूर्ण चर्चा , वार्ता आदि सेतो कागजमा लेखेर प्रकाशित गरिने राजकीय विज्ञप्ति हो । {{read_more}} केही  height=समयअघि नयाँ सरकारका अर्थमन्त्रीले प्रस्तुत गर्नु भएको श्वेतपत्र औचित्यहीन र राजनीतिक दीनहीनताको तस्विर भयो भनेर यतिखेर आम सञ्चारमा मजैले झङ्कार भैरहेको छ । कतिपय अर्थ्विद् , पत्रपत्रिकाका स्तम्भकार , प्रमुख प्रतिपक्षी यो सेतो पातोले नेपाली अर्थतन्त्रको डङ्गुर समस्या जनतासमक्ष थुपारेर सातो लैजाँदै निराशा र आक्रोश बाँडेको हुँदा यसलाई सेतोपत्र भन्न नमिल्ने जिकिर कन्धनी नै कसेर गरेका छन् । त्यसैले अनुभवी अर्थ्विद् मन्त्रीका श्वेतपत्रका तन्त्री खेदपत्रमा अनुवाद भएर बहुरङ्गी नाममा पुकारिन थालेको छ । प्रमुख प्रतिपक्षी काङ्ग्रेसले त यसलाई ‘ लालपत्र’ भनेर कडा आरोपमा मन्त्री युवराजको प्रस्तुतिलाई मजैको खोप हानेको छ , लालपत्र भन्दा पनि बालपत्र भनेको भए हुन्थ्यो भनेर एक बुज्रुक पत्रकार काङ्ग्रेसी प्रतिक्रियामा हँसीमजाक उडाउँदै थिए । विदेशिएका कतिपय नेपाली युवा श्रमिकहरूले ढुकुटी रित्तिएको अर्थमन्त्रीको अफबाह समेटेको यो पत्र अझ कालपत्र, बेहालपत्र र भूmटपत्रको रुपमा चित्रण गरेका छन् । कतिले त श्वेतपत्रलाई खेदपत्र, भेदपत्र, छेदपत्रको पखेटा जडान गरेर मजैको उडान भरिदिएका छन् ।

माछो माछो भ्यागुतो , लाटो लड्छ एक बल्ड्याङ् बाठो लड्छ तीन बल्ड्याङ् भने जस्तो पो भयो त अर्थमन्त्री युवराजलाई । अर्थवेत्तामा आपूmलाई युवराजै सम्झने खतिवडाले 

गुट, पार्टी, गठबन्धित दल, प्रमुख प्रतिपक्षी , विश्लेषक आदिबाट आएको कडा आलोचना र खप्की थेग्न सक्ने अवस्थै छैन भन्छन् अन्य अर्थ्विद् । यो अपरिपक्क सेतो पातोको रुपमा निकालेको कथित श्वेतपत्र खतिवडाको मन्त्री पदकै थ्रेटपत्र बन्ने पो हो कि ? भन्ने चिन्ताले उनको निन्द्रा र भोक हराउने भो भनेर जोक गर्न थालेका छन् । बहुदलदेखि गणतन्त्र आउन्जेलसम्मको अवधिमा एकचालीस गुना आयात बढेर देशको ढुकुटी सुकुटी वा जलतरास भएको आकडा प्रस्तुत गरी नेपालको लोकतान्त्रिक आन्दोलनको सङ्क्रमण समय बदनामपूर्ण बनाएर श्वेतपत्रलाई पीत्रपत्रमा रुपान्तर गरे भनेर यी वित्तवेत्ताका चित्तमा ठेस लाइदिन पो लागे बा ! प्मुख प्रतिपक्ष करेन्ट वोकल्दै भन्छ — नयाँ नेतृत्वले निकट विगतका प्रतिआलोचनात्मक चेत प्रस्तुत गर्नु अलग कुरा हो, तर इमान्दारीभन्दा पर गएर सङ्गतिरहित सन्दर्भहरू गाँसेर असन्तुलित रुपमा तथ्याङ्क श्वेतपत्रमा जो प्रस्तुत भएको छ त्यसलाई अबौध्दिक र अव्यवसायिक मुचुल्का ठहर गर्नु पर्ने प्रारम्भिक स्थिति बन्दछ । कताको जुठे, कताको जुठेको आमा, कताको दैलो कताको भैले , भनेझैँ कताको श्वेतपत्र (राजाज्ञा ) कताको मुचुल्का (सरजमिनपत्र) हरे दैव ! खतिवडा त बडा वित्तवेत्ता भएर पनि चित्त साँगुरो बनाएर श्वेतपत्रको गौरवलाई रौरवतिर पो धँकेलेछन् गाँठे ? यो पच्चीस वर्षे समयमा सदावहार काङ्ग्रेसकै राज भएको पो देखेछन् त यी मनीषिले । झन्नै छयहत्तर प्रतिसत राज गरेका कमिनिष्ट सत्ताको बदख्वाइँ श्वेतपत्रले गरेको देख्दा म जस्तो तात्तातो कम्रेडको तालु नै आलु होला जस्तो पो भयो बा !

झन्नै चारसय अर्ब रकम भएको कुरा उनको पहिलाको जागिर खाएको तालुक अड्रडाले भनिरहँदा यी महा पण्डित ढुकुटी रित्तिएको बकवास पस्की संसार हल्लाउँछन् भने उनको अनुभव , विशेषज्ञता र डिग्री निरीह बनेर नरोला कसरी भनौँ मप्रभृति युवराजभक्तले ? साँच्चै हामीजस्ता बकम्फुसेलाई मात्र नभएर राजनेतामा उदाउन लागेका टुक्काप्रवीण ओली कम्रेडलाई नै थाल खाउँ कि भात खाऊँ बनाए बा यी अभिनव कम्रेडले । यसैले वाम गठबन्धनका आम अर्थमन्त्रीको सङ्कटकालीन भेला गरेर खतिवडाका श्वेतपत्रका कतिवटा बुँदा मात्र फँुदा वा लुर्कन भए यसको उच्चस्तरीय छानबिन होस् भनेर माग गर्न हामीभित्रै आन्तरिक गृहकार्यको माग जोडदार रुपमा गर्दछौँ । निजीकरणलाई गलहत्ती लगाउने कुरा श्वेत पत्रमा हालेर भारतीय उद्योगपतिलाई नेपालमा आमन्त्रणा छ भनी सर्वशक्तिमान् प्रधानमन्त्री ओलीलाई खोली बनाउने गलत काम किन गरे यिनले भनेर हाम्रा तमाम कमिटि सशङ्कित पो बन्न पुगेको छ ।

जजसले जे जेसुकै भनून् श्वेतपत्र भनेको श्वेतपत्रै हो । तर यसलाई अल्लारे पत्र पारेर सङ्घारे बन्ने कसरत कोही कतैबाट हुनुहुन्न । विद्यावारिधिको डुबुल्की लगाका अर्थमन्त्रीले दोश्रो तात्तातो श्वेतपत्र फेरि जारी गर्न मिल्छ भने सबैको सातो किन उँडाउने । राजकीय विज्ञप्तिको गहनता बोक्ने श्वेतपत्रलाई जय होस् भन्नु धर्म हो , कर्म हो तर शर्म हैन । त्यसैले साँचो श्वेतपत्र जिन्दावाद ! गज्याङगुजिङ्गे धमिलो र अमिलो श्वेतपत्रको नाममा आउने कमलपित्ते भेदपत्र, लालपत्र वा बालपत्र कसरी राजपत्र राज विज्ञप्ति भन्ने ? सकसमा परियो । रै पनि श्वेतपत्रको जय होस् , भय नहोस् ।

धादिङ
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पालिसलाई नालिस

पालिसलाई नालिस

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
समृद्ध नेपाल ?

समृद्ध नेपाल ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नयाँ मन्त्रीज्यू

नयाँ मन्त्रीज्यू

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सैजुको ‘परावर्तन’ भित्र छोटो विचरण !

सैजुको ‘परावर्तन’ भित्र छोटो...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
क्रान्तिकारी कवि किसानमा प्रणाम !

क्रान्तिकारी कवि किसानमा प्रणाम...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’