सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

यही हो स्थिर सरकार

Nepal Telecom ad

वर्तमान नेपाल सरकार गजबको सरकार हो । यो नेपाली कांग्रेसको नेतृत्वमा गठित भए पनि यसमा राष्ट्रिय प्रजातन्त्र पार्टी, माओवादी केन्द्र र अरू अरू पनि दल  height=सहभागी छन् । {{read_more}} गएको निर्वाचनमा हारेका, जितेका, राष्ट्रिय दल, लोकल दल सबै यसमा अटाएका छन् । एक–अर्कालाई धूलोमा मिलाउने गरी प्रतिस्पर्धा गरेर चुनाव लडेका दल पनि सँगै बसेर सरकार चलाइरहेका छन् । वाम गठबन्धनको एक मुख्य हिस्सा माओवादी केन्द्रसमेत सरकारमा सहभागी भएकाले यो वाम गठबन्धनको पनि आफ्नै सरकार हो । सरकारमा प्रचण्ड भएपछि ओली छैनन् भन्न मिल्दैन । त्यसैले यो जत्तिको सर्वदलीय र सर्वसम्मत सरकार नेपालको इतिहासमा कमै बनेका थिए होलान् । यो एकदमै बलियो र शक्तिशाली सर्वदलीय सरकार हो । 

यो सरकार अनौठो सरकार पनि हो । सर्वदलीय भए पनि यो सरकार न बहुमतको सरकार हो, न अल्पमतको । यसका विरुद्ध न अविश्वासको प्रस्ताव दर्ता गर्ने ठाउँ छ, न कसैले सजिलै ढाल्न पाउँछ । प्रधानमन्त्रीबाहेक सबैले समर्थन फिर्ता लिए पनि यो सरकार ढल्दैन । कतिपय अबुझहरूले यसलाई कामचलाउ सरकार भनेकामा हाम्रा मन्त्रीहरूले तिनीहरूलाई मुखभरिको जवाफ दिँदै भनेका छन्– यो सरकार कामचलाउ होइन, यसले जस्तासुकै निर्णय गर्न सक्छ, गर्न पाउनुपर्छ । नभन्दै सरकारमा मन्त्री फेरिने क्रम पनि चलिरहेको छ । कर्मचारी सरुवा गर्ने, बढुवा गर्ने र राजनीतिक नियुक्ति गर्ने कामहरू पनि भइरहेकै छन् । नौ–नौ महिनामा सरकार फेरिने अस्थिरता विरुद्ध यो सरकार एक वर्षभन्दा बढी नै टिक्ने सम्भावना देखिँदैछ । 

यस्तो बलियो र सफल सरकार हामीले भोग्न पाएका छौँ । यही सरकारले स्थानीय तहको निर्वाचन गरायो । यसले प्रदेशसभा र केन्द्रको निर्वाचन समेत भव्यताका साथ सम्पन्न गरायो । राष्ट्रियसभाको निर्वाचन पनि गराई छाड्न कम्मर कसेर लागेको छ । निर्वाचनजति सबै सम्पन्न गरेर मात्रै सरकार छाड्नुपरे पनि छाडौँला भन्ने विचारमा यो सरकार पुगेको छ । हो नि त, एउटा लोकतान्त्रिक सरकारलाई निर्वाचनप्रति चिन्ता नभए कसलाई हुन्छ † वामहरूले सरकार बनाए भने मुलुकमा निर्वाचन नै हुँदैन भनेर प्रधानमन्त्रीले भनेकै छन् । तिनीहरूले निर्वाचन नगराउलान् र प्रजातन्त्र धरापमा पर्ला कि भन्ने चिन्ताले पनि देउवाजीको सरकारले सबै निर्वाचनहरू सम्पन्न गराउने अठोट लिएको हो । मौका पायो भने यो सरकारले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखहरूको निर्वाचन गराएर प्रजातन्त्रलाई पूरै मजबुत बनाउन पनि सक्छ । 

यो सरकारलाई यसरी चारैतिरबाट नियालेर हेर्दा के निष्कर्षमा पुगिन्छ भने निर्वाचनपछि बन्ने स्थिर सरकार नै यही हो । स्थिर सरकारको नारा दिएर वाम गठबन्धनले चुनाव जितेको भए पनि अब त्यसका लागि वाम गठबन्धनको सरकारको दरकार परेन । मुलुकमा स्वतस् स्थिर सरकार कायम भयो । अझ केही समय यो स्थिर रहिरह्यो भने यसले वाम गठबन्धनका गाँठा खुस्काएर लामै समय सरकार चलाउने सम्भावना पनि छँदैछ । त्यसका लागि चौतर्फी प्रयासहरू भइरहेका पनि छन् । फस्लक्क पारेर वामहरूको गठबन्धन फुस्काउन सम्भव भयो भने यही सरकारले प्रधानमन्त्रीको निर्वाचन पनि गराइदिन्छ र थपक्क पाँच वर्ष चलाइदिन्छ । योभन्दा स्थिर सरकार कस्तो चाहिएको हो र नेपाली जनतालाई ?

नेपाल, पुस २३, २०७४
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
यो घर हो

यो घर हो

लक्ष्मण गाम्नागे
भूमिका भूमिका जस्तो एक शुभकामना मन्तव्य

भूमिका भूमिका जस्तो एक...

लक्ष्मण गाम्नागे
उल्काउल्काका शुल्कहरू

उल्काउल्काका शुल्कहरू

लक्ष्मण गाम्नागे
भूमिकाको भुमरी

भूमिकाको भुमरी

लक्ष्मण गाम्नागे
राष्ट्रिय ए’कता ?

राष्ट्रिय ए’कता ?

लक्ष्मण गाम्नागे