सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

धूर्तहरूको गोलमेच सम्मेलन

Nepal Telecom ad

हाम्रा भाषाविद्हरू, शब्दनिर्माणकर्ताहरू कम चतुरा थिएनन् । हरेक मानिसको कर्मअनुसारको नाम जुराइदिइहाल्थे । {{read_more}} तिनै पुर्खाको बुई चढेर आज  height=हामी पनि अड्कल अनुमानको झोली तुम्बा भिरिहाल्छौँ । कहिले शब्द, अर्थ र व्यवहार बीचमा प्रणयसूत्र नै जोल्ठिँदैन । आचरण र अभिव्यक्ति उचित ढङ्गबाट छानबिन हुन खोज्दछ । बाठो र टाठोको बीचको भेद ठम्याउन असमर्थ भई यो बाटो, उबाटोको द्विविधामा चेपिन पुगिन्छ । अनि डेढ अक्कली तर्कमा सक्कली शब्दजालको लिपपोत गरिन्छ । भनिन्छ यी दुवै समानअर्थी छन् । के बाटो कस्तो टाठो । 

भाषाका अनुरागी निर्धक्क बोलिदिन्छन् गहिराइमा गए सिल्टिमुर खाइन्छ । धूर्तलाई निकट वा दूरस्थलबाट व्याख्या विश्लेषण भएको छ । उचाल्ने, पछार्ने र दोचार्ने कर्मका चतुराहरू धूर्त छन् जसले आलोचना जान्दैन । प्रसैसाका बहुरुपी शब्दहरूको शब्दजालमा अर्कालाई फसाउन र निजी आवश्यकताको खाँचो पूरा गरिहाल्ने । आलोचकको दृष्टिमा ‘धूर्तको’ परिभाषा यही हो ।

धूर्त र धूत्र्याइँको परिभाषा दिन नसक्ने को होला र ? तपाईँ भन्नु होला । दुईचारवटा शब्दको झटारो किन हान्यो यति जाबो कुरामा ? मलाई लाग्छ धूर्त शब्द सकारात्मक सोचबाट जन्मिएको परिभाषा नभई नकरात्मकताको गर्भबाट सिर्जिएको हो । कतिपयको परिभाषामा यो शब्द प्रिय नै देखिन्छ । चलाख हुनु नै धूर्त हुनु हो । छेउटुप्पो नै नमिल्ने परिभाषा ओकल्न हाम्रा मै हुँ का पारखीहरू कम कहाँ छन् र ! परिस्थिति, परिवेश र पर्यावरणको अध्ययनको जोडजाडको नौनी निष्कर्ष चलाख हुनु हो । कमजोर पात्रको कमजोरीको रासी चुल्याउँदै आफूलाई ठूल्याउनु यसको परिभाषाभित्रको वास्तविकताको आँचल हो कि ?

धार्मिक, अधार्मिक, नैतिक, अनैतिक सबै तहका मनुवाको वाचनाभिव्यक्ति कम रोचक छैन । आफूअनकूलको परिभाषामा शब्दहरूलाई ढुन्मुन्याउँन पाउँदा उफ्रीउफ्री नाच्छन् । ढाड भाँचिने गरी भाषालाई प्रहार गर्दा पनि मूकदर्शक बन्दछन् । आफूलाई सुपथमा ल्याउने जमर्को फिटिक्क देखाउँदै्रनन् । जीवनलाई अरुको भार नबनी जिउनुलाई शायद उत्कृष्ट मानिएला । आफ्नै बल बुताको हिसाबले पाखुरीमा बाँच्नेहरू समाजको नजरमा नेप्टिएको चेप्टिएको र थेप्चिएको देखिन्छ । पराइलाई कर्काउन, मर्काउन, थर्काउन जान्नेहरू कम लोभलाग्दा छैनन् । आज म धूर्तहरूको तीव्र उन्नतिका केही चना चटपटे चखाउन चाहन्छु । 

गोलसिमल चौरमा धूर्त सम्मेलनको आयोजना गरियो । केही बोकेदारीका झुण्डले यो सम्मेलनको तयारी र अर्ध तयारी गरको थियो । कार्यक्रमका आयोजकहरू हर्षित मुद्रामा दायाँबाया माया साटासट गरिरहेथे । बोलीमा बोक्रिएको भेटिन्थ्यो । केटाकेटीहरू दश–बाह्र जनाको हुलमा यताउति मर्किरहन्थे । दिनको बाह्र बजिसकेको थियो । मञ्चबाट बेलागाम पप सङ्गीत थर्थराइरहेको थियो । मञ्चबाट एउटा लोखर्केपुछ«ेले खोक्यो । अब आरम्भ हुँदै छ धूर्तहरूको सम्मेलन । अब पहिलो वक्ता थियो भोटाङका गिर्मी दोर्जे । ऊ हँसिलो मुद्रामा मञ्चतर्फ लम्कियो । भाषणको पर्रा छोड्यो त्यस पटमूर्खले ।

आबु मा यो कार्जेकरममा पाल्नुभएका बा, आमा, दिदीबहिनीलाई नमस्कार गर्दछु । हेर्नुहोस् यो नेपाल मूर्खाको मूलुक हो । यहाँ नाइटक्लब खोल्नु दिन्दाइन । दिदीबहिनीलाई आराम पनि हुने । पाइसो पनि लठपत्तर । छोरी बुहोरी हुनेले
कुनै घिन नमान्नुस् दुई वर्षमाइ मो यस्तो तेसोइए बान्यो र । मोइले दिल्लीमा कति आइमाई लग्यो कमाउने साजिलो बाटो रोज्नुस् । मो योभन्दा बढी बोल्दाइन । खोलबहादुर कँडेल दोस्रो वक्ता थियो । उसले भाषणको क्रममा चकित
बनायो सबैलाई । म्यानपावर कम्पनी खोलेछ उसले । सबैलाई कोरिया लैजान्छु भन्दै असुलेछ पाँच–पाँच लाख रूपैयाँ । जोसँग पैसा लिएको हो उसलाई एक÷दुई वर्ष झुलाईदिएछ । त्यही बीचमा पैसा जति सहरमा जग्गा प्लटिङमा लगाएछ । एकमुष्ट रकम नदिई दुईचार हजार गरी तिर्दैै दश वर्षमा चुक्ता गरिदिएछ । यस्तो अति वेइमानी काम गर्न सफल भएकोमा लोखर्केचुल्ठीले ताली बजाई अनुमोदन ग¥यो । तेस्रो वक्ता थियो धलाने स्याङबो । त्यो फटाहाले गजपको शैली अपनाएछ । त्यो जग्गा प्लटिङ मेरो हो पैसा दिनुहोस् म तपाईँलाई बाँकीमा जग्गा दिउँला भन्दै नरनाता साथीभाइ सबैलाई झुक्याउँदै नगद असुलछ । जब दिएको समय बितिसक्यो जग्गावालाले बेइमान ग¥यो भन्दै्र म पैसा नै तिर्दछु बरू कागज गरौँ भन्दै हिँडेछ । इमान्दार नै हो आफँैले कागज गर्दछु भन्यो भन्दै पैसा दिनेहरू दङ्ग परेछन् । पछि न पैसा न कागज । यसरी दाम जुटाई मोजमज्जा लुटेछ त्यस बजियाले । त्यसलाई पनि लोखर्केचुल्ठीले हार्दिक स्वागत ग¥यो ।

चौथो वक्ता थियो कसौँडीनाथ खतिवडा– उसले लेखनदासको पेशा अपनाएछ । गाउँघरका सोझा सीधालाई तेरो जग्गाको यो मिल्या रहेनछ, त्यो मिल्या रहेनछ भन्दै मिलाइदिने बहानामा सबैसँग दुई चार हजार गरी उठाउँदै
हिँडेछ । करिब पच्चीस गाउँबाट दश लाख रूपैयाँ उठाएछ र उक्त पैसा सहराँ लगेर खन्याएछ । त्यसपछि कोहीकोही मात्र तैँले मलाई ठगिछस् भन्न आउँथे उसलाई दुई चार सय गरी दिँदै जाने । माग्न नआउनेलाई वास्तै नगर्ने पछि
भेट्या ठाउँमा यो मिलाएँ त्यो मिलाएँ भन्दै झुलाउने एक दुई कप चिया खुवाउँदै पठाइदिने । यसरी उसले राजधानीमा बङ्गला जोडेछ । यसलाई पनि लोखर्केचुल्ठीले स्वागत ग¥यो ।

पाँचौँ वक्ता रामनाथ वस्ती– तपाईँको लगायत परिवारको ग्रहदशा खतम छ भन्दै हिँड्ने । अलि खर्च नगरे ठूलो खति भई अति हुने त्रास रोपिदिने । डराएर वर्षमा दुईचार वटा शान्ति स्वस्ती भन्याजस्तो । त्यसैबाट स्वयंको हवेली खडा गर्ने आफू पनि खुशी परिवार पनि मस्त । सम्मेलन गजबकै थियो । धूर्तहरूका चमत्कारी चतुरा चना चटपटे
तर्कले मलाई कन्याउन सकेन बरू घिनाउन सफल भएको थियो । बिप्ल्याँटो जीवनलाई लाहाछाप लगाउने हाम्रो सभ्य समाजले भोलि कस्तो परिणाम हात लाउलान् हातले पूर्पुरोलाई केहीबेर थाँक्रो लगाई सोच्न विवश पा¥यो मलाई । 
थेगोको चमत्कार सजीव र निर्जीवको बीच ज्यान हुनु र नहुनुको भेद छैन त ? सजीव भित्र पनि संवेदना पृथक नहोला ? मानव र अन्य प्राणीबीच भाषा यानेकी व्यवस्थित सम्प्रेषणबीच अन्तर नभए के छ त ? 

फरक देख्दा देख्दै प्रत्येक मानव छुमन्तर जोड्न पनि हच्किँदैन । आँसु, हाँसो, संवेदना, मनोरञ्जनमा रमाउने, जमाउने, कमाउने, फर्माउने आ–आफ्नै रङ्ग ढङ्ग नाली बेली र वृत्तान्त छन् । मानिसमा सोच्ने, तौलने संश्लेषण र विश्लेषण आ–आफ्नै ढङ्ग ढाँचाबाट गुज्रिएको हुन्छ । मान्छेको बोली, लोलीमा भिन्नै गोली पीपलमेट भेटिनु नै स्वाभाविक मामला हो । मैले घीन नमानी कोट्याउँन खोजेको विषय हो थेगोको स्थानप्रवेश । यहाँहरूलाई झनक्क फन्कन मन लाग्ला कि समालोचकले गरिसक्या संश्लेषण विश्लेषणमा यसको किन यस्तो चुरीफुरी । कामकुरो पारिपाट्टी झिटीगुन्टा वारिपट्टी भनेझैँ किन मात्या होला ? 

हाम्रा हजुरबुबा काँसझै फुलेका र बाँस झैँ ठिङ्गीएका मैले देख्न पाएँ । उहाँको कुरोमा वेग्लै स्वाद थियो । यदि उहाँले त्यस्तो कुरो नगर्दा जुरा नभएको गोरूलाई हेर्दाको जस्तो बेस्वाद हुन्थ्यो । नाम्लाङे राडीमा थचक्क बसी माथिबाट
तमाखु ट्वारट्वार तलबाट अपानवायु ढ्वारढ्वार उहाँको परिचित विशेषता । दौतरीका बीच कुरो जोत्दा हजुरको बारम्बार वैरिन्थ्यो । साँखुमा नुन लिन जाँदा खाएको झापट पापडझैँ मीठो मानी बारम्बार सुनाइरहन्थे । झण्डै ज्यान
गाको गुनासो थ्यो उहाँको । बाँच्न सफल हुनुलाई पुरूषार्थ ठान्दै फलाकिनुहुन्थ्यो उहाँ । जसको घरमा बस्या हो त्यो घरको बूढाको नाति हराएको वर्षौँ भाको रछ । मेरो काहिँलो भाइले आमाको गर्भबाट छुट्नासाथ यो धर्ती छोडेको
उद्घोष ग¥यो । त्यो घटना पन्ध्र दिन अगाडि मात्र भाथ्यो । सुत्ने ठाउँ नपाउँदा रात पनि कटनी दुःखको बेलिविस्तारको झटनी हान्ने इच्छाले बूढाले भनेछन् । हजुरको नाति म¥यो । आफ्नै नाति मरेछ क्यार भन्दै घरबेटीको परिवार रून– कराउन पो थालेछन् । पछि सम्झाउन खोज्दा पो रहस्य उजागर भो । बेफ्वाँकमा त्यस्तो ‘भिक्षु’ लाउने भन्दै हजुरबालाई झम्टेछन् । बूढा परे फसादमा । पिसाब फेर्ने निहुँले भाग्न खोज्दा भैँसीको कीलामा ठेल हसुर्दै तीन कान्लामुनि मुन्टिएछन् ।

थेगोको आगोले पोलेको केही मानिसका गुनासाहरू मैले सुनेको थिएँ । अघि पगितै गाउँ चाहार्ने मेरो बानी थियो । आमाले कान्छो भाइसँगै जाने गरी बिदा लिइहाल्नुभो । सानामै टुहुरो हुनु परेकोले मेरा बालआवश्यकता सबै पूरा
हुन सकेका थिएनन् । खाना खाने बेलामा प्रायः अरुका दलानमा पुग्ने हुनाले मेरो नाम ढुके राखिदिएका थिए आफन्तले । म थरले ढकाल थिएँ ।

कसैका पिँढीमा पुगे पनि नपुगे पनि नाम जसरी पनि बसिहाल्थ्यो भन्ठानेर म रोजै गाउँ डुल्दथेँ । गाउँका हुनेखानेहरूले थेगो प्रयोग गरी जुँगा मुसारेको अभिमान उफारेकोमा मख्ख परी आफू पनि थेगो जोड्ने तम्तयारीमा थिएँ । तर उपयुक्त थेगो जिब्रोमा झुल्किएको थिएन । नढाँटी खरोखास भनौँ थेगो प्रयोग गर्नें सामथ्र्य नपलाएको अड्कल मेरो थियो । माथ्ला घरकी हजुरआमालाई एकपटक साँच्चै लाजमर्नु पारेछ थेगोले । 

एकपटक सुरूमा मामासम्धी र माइजुसम्धीनी भान्जी सुत्केरी हुँदा उहाँकहाँ भेट्न आएछन् । वैष्णवी भएकाले लसुन प्याजको सङ्ग्रह नै गर्दैनथे रे सम्धीसम्धिनीले । हाम्री माहिली हजुरआमाको थेगो रहेछ ‘लसुन पिँधेर’ । पधेँरामा सम्धीसम्धिनी नुहाउन लाग्या बेलाँ उहाँ पनि पानी लिन पुग्नुभएछ । छिट्टै गुर्नपर्ला है हजुर मैले भान्सा तयार पारिसकेँ लसुन पिँधेर । यति भनेर बूढीमाउ घरतर्फ हान्निनुभएछ । पछि निकै बेर पर्खिँदा पनि सम्धीसम्धिनी नआउँदा बोलाउन धारामा जानुभएछ उहाँ । धारामा पुग्दा पो पत्ता लागेछ ।

लसुन हाल्या तरकारी कसरी खाने बरू यतैबाट जाने भनेर उहाँहरू घरतर्फ लाग्नुभएछ । त्यो घटनाले उहाँलाई भदौरे भेल नै ल्याइदियो अरे । बाटाघरे दन्तद्वारे बा पलाँति जाँदा ठूलै समस्यामा फसेछन् । बाटोमा हिँड्दै गर्दा भोकले इन्तु न चिन्तु बनाएछ उनलाई । जठराग्नीको आगो शान्त पार्न उनलाई साँच्चै कठिन भएछ । बाटामा एउटी बूढीलाई भेटेर प्याच्च भनिहालेछन् । यताउति कतै खान पाइन्छ आमै, मकै भुटेर । उनको थेगो थियो मकै भुटेर । त्यस ठाउँमा अरु सबै पाइए पनि मकैको अभाव रहेछ । बिचरा दन्तद्वारे बा जति घरमा जान्थे निराशा नै निराशा पाउँथे । भोकले धेरै सताएपछि पापी अपराधी गाउँले भन्दै कुर्लँदै हिडेछन् । त्यही बेला गाउँलेहरू जम्मा भई भकुन्ड्याएछन् उनलाई । पछि कुरो बुझ्दा त आफ्नै थेगोले हन्डर पाएको बुझेछन् । 

त्यसपछि रातो मुख लगाउँदै छिटोछिटो त्यो गाउँ छाडेछन् । खाल्टेका शिक्षक पद्मराम रोकायाको लास खँड्कुले खोल्सामा भेटिएछ । बिचरा माडसाहेब अध्यापनमा बहुतै राम्रा थिए । गाउँलेहरू बीच गाइँगुईँ चल्न थाल्यो । कसरी यस्तो हुन गो । गाउँका जान्ने सुन्नेदेखि सार्वजनिक बाटो हग्ने मुत्ने सम्म चुक्चुकाउन थाले । उनको पनि थेगोले नै प्राण पखेरू उडाएको रहेछ । उनको थेगो थियो– ‘म्वाइ खाएर’ ।

थेगो समाजमा मनग्गे प्रयोग हुन्छ । नेपाली भाषाले हजारौँ सन्तानरुपी थेगो जन्माएको छ । त्यसका नाति नातिना, पनाति पनातिना जन्मिदा अझ कति पो हुने हुन् । तिनलाई सन्दर्भ अनकूल प्रयोग नहुँदा गोताको नौ मुरी स्वाद
नभेट्टिने कुरै भएन । तपाईँ गम्नोस् यी थेगोहरूले क–कसलाई कहाँकहाँ पु¥याउला ? कस्तोकस्तो बनाउला । कोदो कुटेर, मस्याङ टोकेर, गाला ठोकेर, अचार साँधेर, आँखा तरेर, मास छरेर, कपाल कोरेर, धक्का लाएर आदिआदि

अरु क्षेत्रलाई पनि नियालौँ । शिक्षा र निजामती क्षेत्र – घण्टी ठोकेर, आत्मा चिरेर, चक घोटेर, टेबुल ठोकेर, हाजिर लुछेर, भर्पाइ ठेसेर, तलब गनेर, पेश्की तिरेर, डस्टर फ्यालेर, कपी कोरेर, कृषि क्षेत्र – चुल्हो ठोसेर, धान कुटेर, नाङलो धुमाएर, चाल्नु केलाएर, बेसार हालेर, चिकित्सा क्षेत्र – डोज पेलेर, हर्लिक्स घोलेर, सिसी खोलेर, रगत तानेर राजनीति– चुनाव हारेर, अविर लाएर, नारा घन्काएर, ताली पड्काएर, मुन्द्रे खटाएर, विपक्षी तर्साएर ।

अचेल आर्जित अनेक व्यवहारहरू अनुकरणको पुष्टकारीबाट सिर्जित छ । आहार, विहार, व्यवहार, सेभार यी सबैमा अनुरकणको सरूवा रोगले मनग्गे छोएको छ । सक्कललाई अक्कल लगाएर नक्कल जन्माउने अभिप्राय सबैमा
घुसेको छ । बोलीको पारखी, लोलीको लालची, टोलीको मारूनी, सबैमा जीवन जिउने कलामा अति मध्य र न्यून रुपमा भए पनि अनुकरणको छायाँ, माया छिपेको छ । धर्म, संस्कृति, कला, गला, परिपन्च्याइँ हरेक क्षेत्रमा सिरौँला
मुठ्याएझैँ थेगोलाई नअठ्याउँदा वेश हुन्थ्यो कि जनताजनार्दन ।

काभ्रे
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
कन्जुस्याइँ

कन्जुस्याइँ

देवीप्रसाद चापागाईं
सम्मानको मखुन्डो

सम्मानको मखुन्डो

देवीप्रसाद चापागाईं
अङ्ग प्रत्यारोपणको भूकम्प

अङ्ग प्रत्यारोपणको भूकम्प

देवीप्रसाद चापागाईं
दैले ‘द’ को डुक्र्र्‍याइ

दैले ‘द’ को डुक्र्र्‍याइ

देवीप्रसाद चापागाईं
खुचिङ

खुचिङ

देवीप्रसाद चापागाईं
लुतो

लुतो

देवीप्रसाद चापागाईं