सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सिद्धार्थ र सिद्धार्थहरू

Nepal Telecom ad

सुख सयलमा हुर्कि बढेर height=
ज्ञान आर्जन गर्न भनेर 
बैसालु जीवन सँगिनी र {{read_more}}
अबोध बालक छोरालाई 
घरमा अलपत्र छोडेर
गृहत्याग गर्ने सिद्धार्थ ।
तथा
दुख कष्टमा हुर्कि बढेर
धन आर्जन गर्न भनेर
बैंसालु जीवन सँगिनी
अबोध बालबालिकाहरू 
अलपत्र छाडेर
गाउँघर शून्य पारेर जाने
बेरोजगार युवा सिद्धार्थहरू 
के फरक छ ?
सिद्धार्थ र सिद्र्धाथहरूमा ?  

अविवेकीहरूले बेचि खाए
रोजगारी दिने कलकारखाना र व्यवशायका चुरोहरू,
रेमिन्टयान्सको र्याल चुहाउँदै ।
ठुप्रै युवा सिद्धार्थहरूलाई विदेशिन बाध्य पारे ।

त्याग र तपस्याबाट
ज्ञान आर्जन गर्ने सिद्धार्थ
बिश्व भरी गौतम बुद्ध भएर चम्किएका छन् ।
(बुद्धम शरणम गच्छामि, धम्मम शरणम गच्छामि,
संघम् शरणम गच्छामि)
अहिलेका सिद्धार्थहरू
बुद्धु भएर बिदेशिन्छन् ।
काठको बाकसमा बन्द भएर फर्किन्छन् ।
(जातस्यहि धु्रबे मृत्यु अर्थात मृत्यु अवश्यम्भावी छ)

पातकीहरूको हुकुम चलुन्जेल
बेरोजगार उत्पादन गर्ने कारखानाहरू चलिरहने छ ।
ओरालो लाग्ने दुर्गति बलिरहनेछ ।
बुद्धुहरू जन्मिरहनेछन् ।
भरिया र करियाहरूको सूची बढिरहने छन् ।
आफूले आपैmलाई नचिनेर 
आफ्नै अस्तित्व गुमाउन थाल्नेछन्,
सिद्धार्थले सिद्धार्थ नभएसम्म
युगलाई नचिनेसम्म 
आफूले आफैलाई नचिनेसम्म ।

२०७५ बैसाख १७ सोमबार
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
राष्ट्रिय करी चा-करी !

राष्ट्रिय करी चा-करी !

गायत्री परिरोशनी
ओठ र च्यापु

ओठ र च्यापु

भीम गाैतम
सम्धी पुराण

सम्धी पुराण

घनश्याम रेग्मी
भन मित्र आगे

भन मित्र आगे

देव भट्टराई (२)