फेरि रावण र रामको रामको भेट भयो । दुबैले प्रसन्न अनुहार लगाएर गला मिलाए एक अर्कामा र फेरि हात पनि मिलाए ।

“हैन, यतिन्जेल तिमी कहाँ थियौ ? मद्वारा मारियौ भनेर दुनियाँलाई बिश्वास दिलाउँन मलाई कम्ता गाह्रो पर्या होइन” –रामले गुनासो गर्यो रावणसँग ।

“छद्मभेष धरी भारत वर्षको इन्द्रप्रस्थ क्षेत्रमा राजनीति गरि बसेको छु नि” रावणले उत्तर दियो र प्रश्न पनि थप्यो–“अनि तिमी चैं जलमा डुबेको प्रपन्च गरि कहाँ लुक्न पुग्यौ त ?”

“हिमवत खण्डको जम्बु दिपमा”– रामले उत्तर दियो ।

“ए ! ए ! उसोभए अबको योजना ?”– रावण उत्सुक भयो ।

“यसपटक तिमी राम हुने, म रावण । अघिल्लो पटक राम हुँदा कम्ती सास्ती भोग्याछु र ! मैले ?”– रामले गुनासो गर्यो ।

रामको गुनासो सुनेर रावण मुसुक्क हाँस्यो र रामको हात पिट्दै भन्यो– “ओके डन, तर अबको कार्यक्षेत्र ?”

“जम्बुद्विप” –रामको उत्तर थियो ।

गौरादह–७, झापा