जेठ ११ गते शुक्रवार जनसांस्कृतिक महासङ्घको संयोजन र जनसाहित्यिक मञ्च नेपालको व्यवस्थापनमा जनसांस्कृतिक महासङ्घको सभाकक्ष, बागबजारमा विगत पौने चार वर्षदेखि अविच्छिन्नरूपमा सम्पन्न भइरहेको ‘अविरल जनसाहित्य यात्रा’को ४७ औँ शृङ्खला सम्पन्न गरियो । वरिष्ठ दार्शनिक, चिन्तक गोपिरमण उपाध्यायले ‘माक्र्सवादी दर्शन र समकालीन नेपाली संस्कृति’ विषयमा मल्टिमिडियाका माध्यमबाट विशद चर्चा गर्नुभयो । 

उक्त विशेष समारोहको संयोजन गर्नुहुने डा.भागवत आचार्यले विगतमा नेपाली प्रगतिवादी साहित्यमा साधनारत एक जना वा कहिलेकाहीँ सोभन्दा बढी स्रष्टाका एक दर्जन कविता, गीत, गजल श्रवण गर्ने र ती सिर्जनामाथि टिप्पणीसमेत गर्ने उद्देश्यमूलक विशेष समारोहको आयोजना गर्ने गरिएको, अघिल्लो समारोहमा वरिष्ठ आख्यानकार विजय चालिसेको आख्यानकारिताका बारेमा बहस गरिएकोमा योपटक वरिष्ठ चिन्तक, सौन्दर्यशास्त्री गोपिरमण उपाध्यायलाई ‘माक्र्सवादी दर्शन र समकालीन नेपाली संस्कृति’ विषयमा केन्द्रित रही प्रशिक्षणमूलक पनि र अन्तरक्रियामूलक पनि विशद परिचर्चा गर्ने उद्देश्यले यो विशेष समारोहको आयोजना गरिएको जानकारी दिनुभयो । साथै डा.भागवत आचार्यले गोपिरमण उपाध्यायको व्यक्तित्वका बारेमा समेत सङ्क्षिप्त प्रकाश पार्नुहुँदै माक्र्सवादी सौन्दर्यशास्त्रका गम्भीर अध्येता उपाध्यायले सम्पूर्ण जीवन अध्ययन अनुसन्धानमा लगाउनुभएको र सौन्दर्यशास्त्रका गहनतम् कृतिसमेत प्रकाशित गर्नुभएको जानकारी दिनुभयो । 

समारोहको अध्यक्षता जनसाहित्यिक मञ्च, नेपालका अध्यक्ष राम विनयले गर्नुभएको थियो भने सञ्चालन डा.भागवत आचार्यले गर्नुभएको थियो । प्रा.केशव सुवेदी, प्रा.डा.कृष्णप्रसाद घिमिरे, डा.षडानन्द पौड्याल, नेकपा केन्द्रीय लेखा आयोगका सदस्य गोपाल बराल, डा.बालचन्द्र मिश्र, डा.लेखराज खतिवडा, वरिष्ठ कवि तारा गाउँले अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । समारोहका वरिष्ठ नायकलाई अध्यक्ष राम विनयले माला लगाएर स्वागत गर्नुभएको थियो ।  

समारोहका अध्यक्ष राम विनयले हरेक महिनाको दोस्रो शुक्रवार ठिक ३ बजे उपत्यका र बाहिर रहेर नेपाली प्रगतिवादी साहित्यमा योगदान गर्ने कहिले एक जना र कहिले एक जनाभन्दा बढी प्रगतिवादी साहित्यकारका एक दर्जन वा केही बढी कविता÷गजल सुन्ने र ती सिर्जनामाथि टिप्पणी गर्ने, स्रष्टाको व्यक्तित्व उजागर गर्ने, सिर्जनामा निखार ल्याउने उद्देश्यका साथ थालनी गरिएको यो सोद्देश्यमूलक अभियानले आज सत्चालिसौँ शृङ्खला तय गर्दै छ र यस अभियानलाई विविधीकरण गर्ने प्रयासस्वरूपको यो आजको दोस्रो अध्यायमा वरिष्ठ दार्शनिक, सौन्दर्यशास्त्री गोपिरमण उपाध्यायलाई विषय नै तोकेर यो विशष्ट सारोहमा आमन्त्रण गरेका छौँ, उहाँ आइदिनुभएको छ र आज बहस हुने यो अत्यन्त गम्भीर विषयबाट हामी लाभान्वित पनि हुने छौँ । साथै आजकै दिन गोपिरमण उपाध्यायको जन्मदिन पनि परेकाले हामी उहाँलाई हार्दिक बधाई ज्ञापन गर्दछौँ र आगामी दिन सफल र सार्थक बनुन् भन्ने कामना पनि गर्दछौँ भन्नुहुँदै निम्ता स्वीकार गरी आइदिनुहुने सबै सबैलाई स्वागतसमेत गर्नुभयो । 

समारोहका नायक गोपिरमण उपाध्यायले जनसाहित्यिक मञ्च, नेपालले विगत पौने चार वर्षदेखि थालनी गरेको यो अभियानमा कविता, गीत र गजललाई प्राथमिकता दिइरहेको, आख्यानको थालनी गरिएकोमा योपटक दर्शनका बारेमा छलफल, चर्चा र बहस गर्ने कार्यले प्रवेश पाएकोे र त्यसका निम्ति आपूmलाई अवसर दिनुभएकोमा हार्दिक धन्यवाद दिन्छु भन्नुभयो र मल्टिमिडियाका माध्यमबाट झन्डै डेढ घण्टा लामो विशद परिचर्चा गर्नुहुँदै भौतिक परिस्थितिबाट विचार निर्माण हुने, एकपटक बनाइएको सूत्र सधैँका लागि लागू नहुने; उत्पादनको पद्धति र प्रक्रिया बुझ्न, विषयवस्तुलाई वस्तुपरकढङ्गले बुझ्न माक्र्सवादको अध्ययन आवश्यक छ, यसले मानव जीवनको सर्वाेपरि आधार भनेको उत्पादन प्रक्रिया हो भन्ने मान्दछ, यसले भौतिक र सांस्कृतिक उत्पादनमा जोड दिन्छ, माक्र्सवादले सामाजिक अन्तरविरोध र प्रक्रिया बुझ्नुपर्नेमा जोड दिन्छ, द्वन्द्ववादको असाध्यै सुन्दर व्याख्या भने माआत्सेतुङले गरेका छन्, माक्र्सवादले मानिस, समाज, वर्ग, दर्शन, युग, युगचेतना, विचार, दृष्टिकोण, राजनीति, सभ्यता, संस्कृतिका बारेमा गहन अध्ययन आवश्यक हुन्छ भन्छ र गर्छ । युगको सर्वाेच्च बौद्धिक चेतना दर्शन हो भने संस्कृति भनेको मानवको अन्तस्चेतना हो । समाजवादले वैज्ञानिक द्वन्द्ववादको कुरा गर्दछ । संसारलाई ईश्वरले बनाएको हो भन्ने चिन्तन कर्तृत्ववादी अध्यात्मवाद हो भने कारणतावादले वस्तुवादी र भौतिकवादी मान्यतालाई आत्मसात गर्दछ । वास्तवमा परापूर्वकालदेखि नै कारणतावादका बारेमा बहस थालिएको पाइन्छ । हरेक मान्छेको तार्किक चेतना, जिज्ञासा र सामूहिक चेतनाको क्रमिक विकासले दर्शन उत्पन्न हुन्छ । हरेक कुरामा देवत्वकरण गर्ने पद्धतिको विरोधमा वा प्रतिस्पर्धामा कालो गाईले हरियो घाँस खाएर सेतो दुध कसरी दिन्छ ? जस्ता प्रश्नले दर्शन जन्माउँछन् अनि क्रमिकरूपमा मानवविकास र समाजविकासको चरणसँगै यो विकसित हुँदै जान्छ । पशुबाट मान्छेको विकास यसैगरी भएको हो, चेतना पशुमा पनि त्यत्तिकै हुन्छ तर मान्छेमा आइपुग्दा बढी विकसित हुन्छ त्यसैले माक्र्सवादले मानिसलाई सर्वोपरि मान्दछ, हुँदै नभएको आत्मा र ईश्वरको बखान अनुचित हो भन्छ । दर्शन हुनका लागि तत्त्वको विवेचना, प्रमाण विवेचना र आचार विवेचनाको पक्ष आवश्यक हुन्छ । दर्शनमा पनि विविधता र पक्षधरता पाइन्छ । जस्तै  ः
आदिम साम्यवादी युगको दर्शन– प्राकृतिक भौतिकवाद, दासयुगको दर्शन – बहुदेवतावाद, सामन्तवादी युगको दर्शन– एकेश्वरवाद, पुँजीवादी युगको दर्शन– यान्त्रिक भौतिकवाद, समाजवादी युगको दर्शन– वैज्ञानिक भौतिकवाद । 

माक्र्सवादले हरेक कुरालाई विज्ञानसँग दाँजेर हेर्ने, विश्लेषण गर्ने काम गर्दछ । सांस्कृतिक रूपान्तरण जबरजस्ती र एकैपटक हुँदैन यसका लागि चेतनाविकास नै सर्वाेपरि हुन्छ र क्रमिकरूपमा हुँदै जान्छ, अत्यधिक प्रयत्नहरू आवश्यक हुन्छन् भन्नुहुँदै अत्यन्त विशद परिचर्चा गर्नुभयो । उहाँको परिचर्चापछि तारा गाउँले, जगत् वाशिष्ठ, डा.षडानन्द पौड्याल, सीता शर्मा, प्रा.डा.कृष्णप्रसाद घिमिरे, नारायण पौडेललगायतले जिज्ञासा राख्नुभयो, अन्तरक्रिया गर्नुभयो र गोपिरमण उपाध्यायले जिज्ञासाहरूको जबाफ दिनुभयो । 

प्रा.केशव सुवेदीले दर्शनका पक्षमा आजीवन अध्ययन, अनुसन्धान गर्नुहुने गोपिरमण उपाध्यायले अत्यन्त गहन विषयमा आज परिचर्चा गरिदिनुभएको छ । हामीकहाँ परम्परित ज्ञानको हस्तान्तरणको समस्या रहेको छ त्यसैले यी सबैको अध्ययन गर्ने र ठिक बेठिकको बहस वा आलोचना हुनु आवश्यक छ । पढेको कुरालाई बुझेर गहिराइमा जाने प्रयत्न आवश्यक छ, ज्ञानका प्रतिको निष्ठा आवश्यक छ, देखिइरहेको सांस्कृतिक रिक्तता समाजविकासका लागि घातक छ, चेतना र द्वन्द्वको अन्तरसम्बन्ध जान्नु आवश्यक छ, परम्परालाई निषेध होइन प्रयोग र परीक्षणले आधुनिकतामा पुर्याउनुपर्दछ, धर्म भनेको रुढि हो भने दर्शन भनेको चेतनाले अवलम्बन गर्ने सकारात्मक बाटो हो त्यसैले यी नितान्त फरक हुरा हुन्, आपूmलाई चाहिँ बेठिक लाग्ने अनि अरूलाई जेसुकै होस् भन्ने जडता अहिलेको समस्या हो तर माक्र्सवादले सबै रुढि र अन्धविश्वासलाई वस्तुपरक अध्ययन, विश्लेषण गरेर समाजको कल्याणमा प्रयोग गर्नुपर्दछ भन्ने मान्यता राखेको हुँदा नै वैज्ञानिक भनिएको हो र यसको अवलम्बन आवश्यक रहेको छ भन्नुभयो । 

कार्यक्रम सञ्चालक डा.भागवत आचार्यलेले आजको यो महत्त्वपूर्ण र विशिष्ट समारोहमा हाम्रो निम्ता स्वीकार गरी आइदिनुहुने नायक गोपिरमण उपाध्याय तथा सम्पूर्ण मान्यजनमा हार्दिक आभार व्यक्त गर्नुभयो र अर्काे शृङ्खलामा यहाँहरूलाई असारको दोस्रो शुक्रवार फेरि बालसाहित्यका बारेमा छलफल तथा बहस गरिनेअर्काे विशेष समारोहमा आमन्त्रण गर्ने नै छौँ भन्नुहुँदै अध्यक्षज्यूको अनुमतिले समारोहको समापन गर्नुभयो । 
–रमेश पोखरेल