सिमलुको भवाजस्तो सरकार छ हल्का
काले–गोरे तस्कर छन् निकै अल्का–अल्का ।
हीरामोती, सुनचाँदी ओसारेर ल्याउँछन्
सञ्जाल नै सक्रिय छ लुँड्याएर भ्याउँछन् ।

पुलिसले पक्रिएर केरेपछि पूरा
बयानमा फुत्किहाल्छ सञ्जालको कुरा ।
मन्दिरमा बढाएर भेटी चढाउँछन्
चढाएको भेटीले नै खसी बनाउँछन् ।

त्यसपछि जेजे माग्यो, त्यही पुग्नेगर्छ
आशीर्वाद पाएपछि भन कस्को डर छ ?
जानेका छन् खुशी पार्न मञ्छाउँछन् डर
सुमरेर नेतालाई पञ्छाउँछन् पर ।

यही चाला हिजो थियो, आज झनै चर्को
छाती खोली हिँडेको छ तस्करको लर्को ।
भेटी भेट्न पाएपछि कल्ले मान्छ झर्को ?
तस्करी झन् चुलिँदो छ एकपछि अर्को ।

९८४१४९१०८१ (२०७५ जेठ, १३)