काबुराम भए जम्भो, अझ जम्भो प्रचण्ड त ।
शेर जम्भो थिए पैले, महाजम्भो भए अब ।।
उपजम्भो थिए केपी, ‘सूर्य बा’ जम्भिदै गए ।
जम्भै–जम्भो–महाजम्भो, अझ कम् भो भनी रहे ।।१।।

शम्भो बोल महाशम्भो, वृकासुर बढे अती ।
जय शम्भो ? महाशम्भो ? भस्मासुर चढे कति ?
नयाँ नेपाल थोत्रेर, पुरानो जीर्णशीर्ण भो ।
सत्ता कुपथ खाएर, शीर्षलाई अजीर्ण भो ।।२।।

नगरै पालिका जम्भो, प्रदेश जम्भिदै गए ।
सङ्घीय सम्सदै जम्भो, महानगर जम्भिए ।।
दाता हो छाती तन्काउ, फुकाउ हात दानमा ।
जम्भो दुर्घटना होला ? गणतन्त्रे– बिहानिमा ।।३।।

धादिङ