सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

देउवा निर्दोष सभापति

Nepal Telecom ad

निर्वाचनको समीक्षा गर्न बसेको नेपाली कांग्रेसको बैठकमा संस्थापनइतर सदस्यहरूको एक मात्र उद्देश्य सभापति height=लाई हारको जिम्मा लगाउनु थियो । {{read_more}} सभापतिलाई हारको जिम्मा भिराएर ढुक्कको सास फेर्न आतुर केन्द्रीय सदस्यहरू महिना दिनसम्म चिच्याउँदा–चिच्याउँदा कति जना मूच्र्छासमेत परे । तर, सभापति टसमस भएनन् । एक अविचलित योद्धाझैँ उनले हार स्वीकार गर्दै गरेनन् ।  

सभापतिले पार्टी हारेको होइन, उम्मेदवार हारेका हुन् भन्ने अकाट्य निष्कर्ष चुनावलगत्तै निकालिसकेका थिए । सभापतिको निष्कर्षलाई बेलैमा आत्मसात् गरेको भए विचरा ती साथीहरूले यत्रा दिनसम्म असिनपसिन भएर आफ्नै शीर्षनेतासँग पौठेजोरी खेल्नैपर्ने थिएन । आफ्नै सभापतिलाई गलाउन खोज्दा अन्ततस् उनीहरू नै लखतरान भए । वास्तवमा सभापति एक्लैले हारको जिम्मेवारी लिँदा पार्टीमा एकल नेतृत्वको अवधारणा स्थापित हुने थियो । तर, प्रजातन्त्र र सामूहिक नेतृत्वमाथि विश्वास गर्ने लोकतन्त्रवादी नेता देउवाजीले पार्टीमा त्यस प्रकारको अधिनायकवादलाई छिर्न दिएनन् । उनले एक्लै हारको जिम्मेवारी लिँदै लिएनन् । प्रजातन्त्रप्रतिको निष्ठा त यस्तो पो हुनुपर्छ । बरू उनले पार्टी हार्नुका कारण पत्ता लगाएर केन्द्रीय समितिमा सर्वसम्मतिले ती कारणहरू पारित गराए । पारित हारका कारणहरू विश्लेषण गर्दा छर्लंग हुन्छ । यसमा सभापति मात्र होइन, कांग्रेस पार्टीकै पनि दोष छैन । दोष मधेसी र वाम गठबन्धनहरूको छ । 

हारको पहिलो कारण गठबन्धनलाई मानिएको छ । प्रदेश–२ मा मधेसवादी पार्टीहरूको र बाँकी सबैतिर वामपन्थीहरूको गठबन्धन । सभापतिले भनेजस्तै उनीहरूको गठबन्धन नभएको भए कांग्रेसले हार्ने थिएन । यसमा सभापतिको कुनै दोष प्रमाणित हुँदैन । 

हारको दोस्रो मुख्य कारण भारतीय नाकाबन्दीलाई कांग्रेसले ‘नाकाबन्दी’ नमान्नुलाई पनि ठहर गरिएछ । नाकाबन्दीलाई वामपन्थीहरूले ‘नाकाबन्दी’ भनेर विरोध गरिसकेपछि नियमानुसार कांग्रेसले नाकाबन्दी होइन भन्नैपथ्र्यो । वामपन्थीहरूले नाकाबन्दी भने, जनताले पत्याए । र, भोट दिए । वामपन्थीहरूले पनि नाकाबन्दीलाई ‘नाकाबन्दी’ नभनेर कांग्रेसले जस्तै सहेर बसिदिएका भए कांग्रेसको भोट अन्त जाने नै थिएन नि ! यसमा सभापतिको के दोष ? 

कांग्रेस हार्नुका अरू कारण पनि सभापतिका कारणले नभई वामपन्थीहरूकै कारणले भएका देखिन्छन् । निर्वाचनमा उम्मेदवारी चयन प्रक्रियामा पर्याप्त गृहकार्य हुन नसक्नु पनि एक कारण ठहर गरिएको रहेछ । वामपन्थीहरूले राम्रो गृहकार्य गरेकाले कांग्रेसको गृहकार्य नपुगेको देखिएको मात्रै हो, यसमा सभापतिको कुनै दोष छैन । निर्वाचनका बेला कतिपय नेतारकार्यकर्ताहरूमा निस्क्रियता, असहयोग, अन्तर्घात भएकाले पनि हार भएको ठहर रहेछ । यो पनि वामपन्थीहरूमा भन्दा कांग्रेसमा अलि बढी भएको मात्रै हो । वामपन्थीहरूले कम अन्तर्घात गरेर बढी भोट ल्याएकामा कांग्रेस सभापतिको कमजोरी कसरी प्रमाणित हुन्छ ? अन्तमा सामाजिक सन्जालको पर्याप्त उपयोग गर्न नसक्नुलाई पनि हारको कारण मानिएको रहेछ । सामाजिक सन्जाल छुँदै नछुने सभापति यसमा दोषी हुने सम्भावनै भएन ।  

यसरी जताबाट हेर्दा पनि कांग्रेस हार्नुमा सभापतिको होइन, वामपन्थीहरूकै दोष प्रमाणित हुन्छ । सबै दोष वामपन्थीहरूको हुँदाहुँदै पनि सभापतिज्यूले बैठकमा कांग्रेसको हारको जिम्मेवार केपी ओली र प्रचण्डलाई ठहर गर्ने निर्णय भने गरेनन् । त्यसैगरी आफूले एक्लै हारको जिम्मा लिएर पार्टीमा एकल नेतृत्वको अधिनायकवाद पनि स्वीकारेनन् । बरू, आफ्नै पार्टीको सिंगो केन्द्रीय समितिलाई दोषको जिम्मेवारी बोकाएर प्रजातन्त्रप्रतिको जुन निष्ठा प्रदर्शन गरेका छन्, त्यो अद्वितीय छ । रामचन्द्रजी र सिटौलाजीहरूलाई चेतना भया !

‘नेपाल’ वैशाख २३, २०७५
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
यो घर हो

यो घर हो

लक्ष्मण गाम्नागे
भूमिका भूमिका जस्तो एक शुभकामना मन्तव्य

भूमिका भूमिका जस्तो एक...

लक्ष्मण गाम्नागे
उल्काउल्काका शुल्कहरू

उल्काउल्काका शुल्कहरू

लक्ष्मण गाम्नागे
भूमिकाको भुमरी

भूमिकाको भुमरी

लक्ष्मण गाम्नागे
राष्ट्रिय ए’कता ?

राष्ट्रिय ए’कता ?

लक्ष्मण गाम्नागे