सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कस्ले बजार्ने छुरा ?

Nepal Telecom ad

मै नेता हुँ, मलाइ आज सुबिधा, भत्ता र सत्ता अझै । height=
मै खाने कमिसन् बिकास निहुँमा सम्मान खान्छू मजै ।। {{read_more}}
ठेकेदार र तस्करी, अजङका व्यापार गर्नेहरू ।
मोटो दाम चढाउँछन् महलमा ती कर्मचारी अरु ।। १।।

किर्ते कागज बन्दछन् सचिबका उम्दा हुने योजना ।
देखिनन् कहिल्यै परीक्षण हुँदा बेरूजु वा हर्जना ।।
आफ्नो हुन्न कमाइ, मीत–मितिनी–सम्धी बने साधन ।
बर्षौंनी ठडिइन्छ भब्य महलै, जग्गा, अनौठा धन ।।२।।

लाग्नेछैन नि अख्तियार कहिल्यै मुद्दा न सर्बोच्चमा ।
के हो ह्याग मलाइ ? सन्त–सहने छन् कार्यकर्ता ममा ।।
के गर्ला प्रतिपक्ष ? खुल्छ उसको पैला गरेका कुरा ! ।
तैं चुप्–मै चुप भो सबै चुप भयौं कस्ले बजार्ने छुरा ?? ।।

सिद्धलेक–१ धादिङ 
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
म जितुवा पदाधिकारी !

म जितुवा पदाधिकारी !

शालिग्राम अर्याल
फर्कन्छु छिट्टै घर

फर्कन्छु छिट्टै घर

शालिग्राम अर्याल
राष्ट्रिय विकास रमिता !

राष्ट्रिय विकास रमिता !

गायत्री परिरोशनी
के गर्न बाँकी छ ?

के गर्न बाँकी छ...

प्रेम ओली ढकलपुरे
सबै उस्तै उस्तै

सबै उस्तै उस्तै

विजयध्वज थापा
घोचक गीत

घोचक गीत

अमर अधिकारी
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल