धनबहादुर सधैं मागेर खान्थ्यो, सडकको पेटीमा सुत्थ्यो । कसैले दया गरेर पैसा दिएको दिन पेटभरि खान्थ्यो, आफूलाई संसारकै भाग्यमानी ठान्थ्यो । दिन निर्दयी भएमा भोकै सुत्थ्यो, आफ्नो कर्मलाई धिक्काथ्र्यो ।

त्यही पेटीसँगै जोडिएको सिसाको एउटा सानो कोठा थियो । त्यहाँ एउटा दानी मेसिन थियो । हेर्दै खाइलाग्दा मान्छेहरू त्यो कोठाभित्र पस्थे, एउटा कार्ड घुसार्थे, केके टाइप गरेझैं गर्थे अनि पैसा थापेर जान्थे । त्यो मेसिनले हजारहजारका कटकटाउँदा नोटहरू दिन्थ्यो ।

धनबहादुरलाई त्यो दानी मेसिनसँग पैसा माग्ने विचार आयो । धनीलाई दान गर्ने मेसिनले गरिबलाई कसो दान नगर्ला ?

एक दिन ऊ सिसाको ढोका खोलेर बिस्तारै भित्र पस्यो । एकछिन दङ्ग परेर मेसिनलाई हे¥यो । यता थाप्यो, उता थाप्यो तर मेसिनले पैसा दिएन ।

नमस्कार गरे मेसिनले देला कि भनेर उसले मेसिनलाई नमस्कार ग¥यो । पैसा दिएन । बिन्तिभाउका साथ ढोग्यो । तर मेसिनले एक पैसा पनि दिएन ।

‘धनीलाई रातदिन पैसाको बिटो दिने, म गरिबलाई हेपेर एक पैसा नदिने ?’ धनबहादुरले मेसिनलाई एक लात हान्यो ।

अहिले धनबहादुर बैंकिङ कसुरको अभियोगमा जेलमा छ ।