(ओरीजिनल गीत र सङ्गीतका सबैप्रति माफी माग्दै)

चोखाएर आफूलाई रक्सीको जलैमा
देउता छोडी कुर्सीलाई (पुजूँ पुँजू लाग्छ है)२
केटाहरू भेला पारी मेरो आँगनमा
सिधासादा जनतालाई (गोदूँ गोदूँ लाग्छ है)२

कति कति केटाहरू डाक्टर हुन जान्छन्
कति जना पुलिस बन्न बाटोतिर कुद्छन्,
यति धेरै मानिसका यति धेरै इच्छाहरू
मलाई भने सभासदकै कुर्सी (रोजूँ रोजूँ लाग्छ है)२

चडूँ चडूँ लाग्छ किन चाह कैले पलायो
लाखौको बेडले मेरो मुटु जलायो
हजुरलाई थाहै होला नेता हुँदा के होला
त्यसैले त सभासद भै (बसूँ बसूँ लाग्छ है)२

दार्जिलिङ, हाल : नैकाप, काठमाडौं