सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ठोकेरै ठीक हुन्छ

Nepal Telecom ad

हाम्रो देशका जनप्रतिनिधि, मन्त्री र नेताहरू पहिल्यैदेखि नै बलिया र झोँकी हुन् । संघीयता लागू भएर गाउँ–गाउँमा सिंहदरबार पुगेपछि त झन्–झन् पहलमान हुँदै जाँदैछन् । height= {{tead_more}} उनीहरू आफ्ना एजेन्डालाई मुड्की ठोकेरै लागू गराउन सक्षम छन् । देश र जनताको सेवामा स्थानीय तहमा पनि लात्ती–मुड्कीको प्रयोग हुन थालेको छ । यसको पछिल्लो उदाहरण सुनसरीमा देखियो । अस्ति भर्खरै दुहवी नगरपालिकाकी उपमेयर उर्फ स्थानीय निकायकी न्यायाधीश र उनका लोग्नेसमेत मिलेर एक वडाध्यक्ष र सदस्यलाई भकुरेर अनुकरणीय न्यायिक सेवा प्रदान गरेछन् ।

दुहवीमा जनप्रतिनिधिले जनप्रतिनिधिलाई नै ठोकेर तह लगाएको समाचार नसेलाउँदै उदयपुरको गाईघाटबाट अर्को क्रान्तिकारी समाचार आयो । गाईघाट इलाका वन कार्यालयका उपसचिवले राष्ट्रिय वनक्षेत्रमा डोजर चलाउन नदिएको भनेर केही जनप्रतिनिधिले उनलाई बेस्सरी भकुरेछन् । ती उपसचिवले डोजर चलाउन नदिएको मात्र होइन, जनप्रतिनिधिले वनक्षेत्रमा बाटो खन्न खटाएको डोजर चालकलाई समातेर थुन्ने दुस्साहस गरेछन् । चुनाव जितेर आएका जनप्रतिनिधिलाई सरकारी नियम सिकाउने ती अनुशासनहीन कर्मचारीलाई हाम्रा जनप्रतिनिधिहरूले लछारपछार पारेर, सर्ट उधारेर, प्यान्ट च्यातिदिएर, नङ्ग्रयाएर ढुट्याएपछि बल्ल उनी ठेगानमा आएछन् र त्यहाँबाट कुलेलम ठोकेछन् ।

उसो त ठट्टाएरै यस्ता छाडा कर्मचारीलाई तह लगाउने लोकतान्त्रिक अभ्यास उहिल्यैदेखि हुँदै आएको हो । केही वर्ष  पहिला तत्कालीन वनमन्त्री मातृका यादवजीले आफ्नै मन्त्रालयका एक कर्मचारीलाई ठटाउँदै लगेर ट्वाइलेटमा थुनेको घटना ठोकतन्त्रको इतिहासमा एक कोशेढुंगा हो । किनभने, त्यो काण्डपछि आजसम्म एक जना कर्मचारीलाई पनि त्यसरी नर्ककुण्डमा दोर्होयाएर थुन्नुपरेको छैन । कर्मचारीहरू पूरै ठेगानमा आएका छन् । ठेगानमा नआएका फाट्टफुट्टले धुलाइ खाने क्रम छँदैछ ।

एक मन्त्रीज्यूले सरकारले थोत्रो गाडी दिएको भनेर गाडीलाई नै ठटाएकी थिइन् । मन्त्रीज्यूले ठोकेपछि त्यो गाडी बिग्रिनै छाड्यो भन्ने सुनियो । विभिन्न जिल्लामा सीडीओ र एलडीओहरू त सांसद, मन्त्री तथा नेताबाट कति ठटाइए कति ! त्यसरी पटक–पटक कर्मचारीलाई ठटाउँदा–ठटाउँदै उनीहरूमा सुधार आई देशबाट भ्रष्टाचार एवं ढिलासुस्ती कम भएको र मुलुकले विकासको गति लिएको हो भनेर सर्वेक्षणले भनिरहेका छन् ।

एउटा कुरा के प्रमाणित भएको छ भने हाम्रो मुलुकलाई अगाडि बढाउन यस्ता रामधुलाइको नै मुख्य भूमिका छ । कर्मचारी मात्र होइन, हामी सबै नागरिक नै ठोकाइबाटै आफ्नो साइजमा आएका हौँ । घरमा बाबुआमादेखि स्कुलमा मास्टरका सिर्कना र लाठीका धुलाइ पचाउँदै हामी हुर्के–बढेका हौँ । अलिअलि भए पनि काम लाग्ने भएका हौँ । त्यसैले हाम्रो जात नढुट्याइ आँखा नदेख्ने, नठोकी अघि नबढ्ने जात हो ।

कांग्रेसका धेरै र कम्युनिस्टका अधिकांश नेताहरू पटक–पटक ठोकाइ खाएर सत्तामा पुग्न सफल भएका हुन् । नामै लिनुपर्दा प्रहरी, गुन्डा र मण्डलेहरूबाट मनग्गे धुलाइ खाएर नै हालका प्रधानमन्त्री ओली यत्तिका सक्षम र सफल भएका हुन् । गिरिजाबाबुले रत्नपार्कमा पुलिसको डन्डा खाएपछि नै उनको व्यक्तित्वले युटर्न लिएर उनी नेपाली राजनीतिमा नायक बनेका र मर्ने बेलासम्ममा अपार लोकप्रियता हासिल गरेको उदाहरण हाम्राअगाडि झलझली छ ।

त्यसैले नेता, मन्त्री, जनप्रतिनिधि आदिबाट ठोकाइ खाँदैमा कर्मचारीले वा कसैले पनि अपमानित महसुस गर्नुपर्दैन । बरू त्यसलाई आशीर्वाद सम्झनुपर्छ । त्यस्तो आशीर्वादको फल अवश्य प्राप्त हुनेछ ।

नेपाल, चैत्र २१, २०७४
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
यो घर हो

यो घर हो

लक्ष्मण गाम्नागे
भूमिका भूमिका जस्तो एक शुभकामना मन्तव्य

भूमिका भूमिका जस्तो एक...

लक्ष्मण गाम्नागे
उल्काउल्काका शुल्कहरू

उल्काउल्काका शुल्कहरू

लक्ष्मण गाम्नागे
भूमिकाको भुमरी

भूमिकाको भुमरी

लक्ष्मण गाम्नागे
राष्ट्रिय ए’कता ?

राष्ट्रिय ए’कता ?

लक्ष्मण गाम्नागे