काठमाडौँ, ६ असोज । भैरव पुरस्कार गुठीले विसं २०७३/७४को ‘भैरव पुरस्कार’ कलाकार शशि शाहलाई प्रदान गरेको छ ।

भैरव पुरस्कार गुठीद्वारा आयोजित पुरस्कार वितरण कार्यक्रममा पत्रकार भैरव रिसालले हास्यव्यङ्ग्य साहित्यका शास्वत शिल्पी भैरव अर्यालको सम्झनालाई स्थायी बनाउने र हास्यव्यङ्ग्यको प्रवद्र्धन गर्ने उद्दश्यले स्थापना गरिएको सो पुरस्कार प्रदान गर्नुभयो । पुरस्कारको राशि रु ५० हजार रहेको छ ।

गुठीले सोही वर्षको ‘भैरव प्रतिभा पुरस्कार’ वरिष्ठ हास्य कलाकार युवराज मैनालीलाई प्रदान गरेको छ । पुरस्कारको राशि रु २५ हजार छ ।

पत्रकार रिसालले गुठीका अध्यक्ष रोचक घिमिरेद्वारा सम्पादन गरिएको ‘शाश्वत व्यङ्ग्यशिल्पी’ र गुठीका सदस्य लक्ष्मण गाम्नागेद्वारा सङ्कलनरसम्पादित ‘नेपाली हास्यव्यङ्ग्य कविता’ नामक पुस्तकको विमोचनसमेत गर्नुभयो ।