सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मालमहिमा 

Nepal Telecom ad

नाङ्गो आङ र भोक रोग गरिबी आतङ्क जान्दैन त्यो height=
चाँडै फर्किनुपर्छ गाउँघरमा हो सत्य मान्दैन त्यो {{read_more}}
मिच्दै हिँड्दछ राज्यका नियम वा कानून टेर्दैन त्यो
आयो भोट लग्यो लुक्यो सहरमा फर्केर हेर्दैन त्यो ।
।१।

कुर्सी कार विमान भोटसितको सम्बन्ध तोड्दैन त्यो
नातावाद सधैं रुचाउँछ डगी सिद्धान्त मोड्दैन त्यो
मात्रै ताक्छ भुरा, बलिष्ठ र ठुला माछा समाउन्न त्यो
आयो भोट लग्यो लुक्यो सहरमा सामीप्य चाहन्न त्यो ।
।२।

ल्याएमा नुन तेल चामल पिठो सन्देश पर्खन्छ त्यो
आएमा सुनको विमान नभमा ती नेत्र चिम्लन्छ त्यो
गोहीका सरिको विराट मुखको प्रारूप फेर्दैन त्यो
आयो भोट लग्यो लुक्यो सहरमा फर्केर हेर्दैन त्यो ।
।३।

बाँधी हात पुलुक्क हेर्छ घरको हत्या बलात्कार त्यो
हाहाकारसँगै रुचाउँछ सधैं चीत्कार चीत्कार त्यो
दोसल्लासित मृत्तिका वदनको टीका लगाउन्न त्यो
आयो भोट लग्यो लुक्यो सहरमा सामीप्य चाहन्न त्यो ।
।४।

तारे होटलका सिबाय नमिठो खाना रुचाउन्न त्यो
बिर्स्यो साग र सिस्नु गुन्द्रुक ढिँडो गै गाउँमा छुन्न त्यो
औठा स्वस्तिक छापको धुन भरी क्वै गीत गाउन्न त्यो 
आयो भोट लग्यो लुक्यो सहरमा फर्केर आउन्न त्यो
।५।
पञ्चेश्वर–६, बिजुल, बैतडी
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
अर्बहारा

अर्बहारा

हिरा भट्ट
प्रेमपत्र

प्रेमपत्र

हिरा भट्ट
गिलासमा देश

गिलासमा देश

हिरा भट्ट
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल
यी हातहरू

यी हातहरू

टङ्कबहादुर आले
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला