अंग्रेजी आलेख : गोल्डेन बल्स

कुनै समयमा एउटा सहरमा एउटा ठूलो घर थियो । त्यस घरमा मुसाको एउटा ठुलै जमात बस्थ्यो । त्यसै घरमा घरधनीले एउटा ठूलो कालो बिरालो पनि पालेर राखेको थियो । उसलाई मुसा मार्ने कामकै लागि पालिएको थियो । त्यसैले बिचरा मुसालाई जहाँ जतिबेला फेला प¥यो ऊ च्याप्पै समातेर मर्काइहाल्थ्यो । मुसाको त्यो जमात बिरालाको यस आतङ्कबाट पुरै त्रसित रहन्थ्यो । 

हदै भएपछि मुसाहरूले पनि यस बिरालाको खतराबाट सधैंका लागि कसरी मुक्त हुने होला भनेर सल्लाह गर्न थाले । उनीहरूले छलफल गरेर एउटा योजना बनाए । त्यही योजना अनुसार एक दिन मुसाको नेता त्यस बिरालोछेउ गयो र बिरालालाई भन्यो “ए बिराली महोदया ! तपाईंलाई दिनमा एउटा मुसो एक दिनको खानाका लागि आवश्यक पर्दोरहेछ । त्यसैले व्यर्थमा यो अर्थ न बर्थको हत्या किन गर्नुहुन्छ, बरू म तपाईंको खानाका लागि प्रत्येक दिन एउटा मुसो तपाईंकहाँ पठाइदिउँला । अब हामी कसैलाई जथाभाबी नमार्नुहोला है त !”

बिरालोलाई पनि त्यस मुसाको मुखियाको कुरा मन प¥यो । बिरालो मुसा खोज्न भौंतारिइरहनुपर्ने झन्झटबाट मुक्त हुने भइयो भनेर निकै खुसी पनि भयो । दुःखै नगरी आफ्नो मनपर्ने खानेकुरा अगाडि आउने कुराले कसलाई पो खुसी लाग्दैन र ? उसकै ढोकामा उसको सबैभन्दा मिठो खानेकुरा आउने कुराले बिरालो मख्ख प¥यो । त्यसपछि हरेक दिन एउटा मुसो सिधै बिरालो भएठाउँ जान थाल्यो । 

एकदिन एउटा मुसो आफ्नो पालामा बिरालो भएठाउँ नगई उसले बिरालोबाट आफ्ना साथीहरूलाई सधैंका लागि कसरी मुक्त गर्नेहोला भनेर योजना बनायो । त्यही योजना अनुसार उसले बिरालाले देख्ने गरी त्यहीँ राखिएको अन्नको बिउ खान थाल्यो । आफूलाई वास्तै नगरी मुसाले बिउ खान लागेको देख्दा बिरालालाई सारै रिस उठ्यो र उसले मुसालाई झम्टिहाल्यो । उसले त्यस मुसालाई मारेर भकाभक खायो । 

एकै छिनमा बिरालालाई रिँगटा लाग्न थाल्यो । उसलाई वाकवाकी पनि लाग्यो । बिस्तारै बिरालो बेहोस भएर भुइँमा लड्यो र मरि पनि हाल्यो । मुसाले बनाएको त्यो योजना सफल भयो । बिरालोबाट उसले सबै मुसालाई सधैंका लागि मुक्ति दिलायो ।
 
वास्तवमा त्यस मुसाले सामान्य बिउ मात्र खाएको थिएन । उसले आफ्नो योजना अनुसार विषादी मिसाइएको बिउ खाएको थियो । मुसो त आखिर मथ्र्यो नै त्यसैले उसले सोच्यो “मर्नु नै छ भने किन आफ्ना बन्धुहरूको कल्याण गरेर शहिद नहुने त ?” त्यसैले उसले बिषालु बिउ खाएर बिरालोलाई समेत सिध्याइदियो र सबै मुसालाई बिरालाको खतराबाट सधैंका लागि मुक्त गरायो । 

आफू बलिदान हुँदा यदि ठूलै समुदायलाई फाइदा पुग्छ भने त्यसका लागि पनि तयार हुनुपर्छ । त्यस ज्ञानी र चलाख मुसाले पनि यसरी नै आफू बलिदान भएर आफ्ना बन्धुबान्धवको रक्षा ग¥यो ।
 

अनुवाद : गंगाप्रसाद अधिकारी