सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कोही नेता नेतामै सीमित भए

Nepal Telecom ad

कोही नेता मारिए, मरे height=
कोही नेता जीवित भए
कोही नेता गए, सिद्धिए {{read_more}}
कोही परिपूर्ण निर्मित भए
कोही नेता श्री ३ श्री ५
हजूर बक्सियोस् ख्वामित भए
तर दुख के लाग्छ भने
कोही नेता नेतामै सीमित भए ।

मौका र पद पाउने नेता 
‘गाउँले’ छोडे ‘शहरे’ भए
उजाडिएका पाखा लागेका नेता
ख्याप्प सुकेर खहरे भए
कोही नेता पैदलबाट सोझै
करोड करोडमा चढ्ने भए
कोही नेता असिना पसिना भइ
खाली पैताला मै अड्ने भए

अरूले बालिदिएकै उज्यालोमा
कोही नेताले जुँगामा ताउ लगाए 
देशको हितमा खबरदारी गर्दै
कोही नेताले आफ्नै ज्यान दाउ लगाए
संगसंगै आन्दोलन गरेको संम्झेर 
कोही नेताले छातीमा घाउ लगाए
भुँडी बडाउने पहिरन सजाउनेले
तिनलाई धाउन लाएर झ्याउ लगाए

कोही नेताको बाङ्गोटिङ्गो प्रगति देखेर
कोही नेता आश्चर्य चकित भए
जनताको लागि केही गरौँ भन्ने नेता 
केही सीप नलागि थकित भए
कोही नेता धन धान्य, गण्यमान्य
पदै पदले अलङ्कृृत भए
तर दुख के लाग्छ भने
कोही नेता नेतामै सीमित भए ।

लस एन्जेलस
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पे चेक टु पे चेक

पे चेक टु पे...

राकेश कार्की
ह्यारी र कुकुर

ह्यारी र कुकुर

राकेश कार्की
वरीयता

वरीयता

राकेश कार्की
आफ्नैको कालो कोट

आफ्नैको कालो कोट

राकेश कार्की
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’
जिन्दगी

जिन्दगी

खगेन्द्र नेउपाने
आगो र पानी

आगो र पानी

देव भट्टराई (२)