‘बा, यसो हिँड्ने डुल्ने गर्नोस् न । यसरी बसिरहेपछि त कुज्जिनु होला नि ।’

सहर बस्ने छोरो बिरामी बाबुलाई भेट्न र उनको उपचार गर्ने उद्देश्यले घर आएको थियो । आउनासाथ ढोग गरीवरी बाबुलाई सोध्यो– ‘बा, के भयो तपाईंलाई ?’

‘के हुन्थ्यो बाबै, हेर यी कुर्कुच्चा, पिंडौला, दुखेर डुल्न पनि सकिन ।’

उसले बाबुका खुट्टाका कुर्कुच्चा हे¥यो, धुलो र चिसोले होला, फुटेर छियाछिया परेका देख्यो । बेलुका सुत्ने बेलामा खुट्टामा तेल लगाइदिँदै भन्यो– ‘बा, अब भोलिदेखि जी जुत्ता नलगाइकन कतै नहिँड्नु । खुट्टा दुख्दैनन् ।’

भोलिपल्ट छोराले ल्याइदिएका जुत्ता लगाएर बुढा बाहिरिए । अलि पर पुगेका थिए । खुट्टा लगलगी काम्न थाले । बुढा थुचुक्क बसे ।

बेलुका छोराले सोध्यो– बा, आज कस्तो भयो ?’

‘के कस्तो हुन्थ्यो र, उस्तै त हो नि ।’ उसले जुत्ता हे¥यो । जुत्ता अलिक कडा मान्यो । खुट्टा हे¥यो कुर्कुच्चाका चिरा अझै ज्युँका त्युँ नै थिए ।

भोलिपल्ट – ‘बा, हेरी यी जुत्ता लगाउनोस् त ।’ नयाँ जुत्ता लगाइदियो ।

अर्को दिन – ‘बा, आज कस्तो भयो ?’ बाबुको जवाफ आयो । उसले कुर्कुच्चा र जुत्ता हे¥यो ।

अर्को दिन – ‘बा, यी जुत्ता लगाउनोस् त ।’

अर्को दिन – ‘बा, आज यी जुत्ता लगाउनोस् ।’ उसले बजारमा पाइने सबैभन्दा उच्च कोटीका महँगा जुत्ता किेनेर ल्याइदिएको थियो ।

’ए बाबु, होइन तैले कति जुत्ता मात्रै फेर्न भन्छस् ? कतै पाइने भए यी मक्किएका हाड फेर्नु हुन्थ्यो .... खोजेर ले न ।’