छोटा औ कसिला छ पाइँट कठै, अग्ला त जुत्ता अझ 
ढोका झ्याल मनग्य छन् बसनमा, हिँड्नै महा–सङ्कट
भ्वाँङै ठाउँ–कुठाउँमा शरम भो, टाल्नै नमिल्ने हरे 
ऐले फेसन एम्बुसै सरह भो, कस्तो हुने हो भरे ??

धूलो व्याप्त हिलो र काइ ढलले, बाटा भए जोखिम 
अग्ला हील अडिन्न चिप्लन गए, कस्ता भयौँ सोखिन 
चस्मा छेक्छ प्रकाश केश फिँजिदा, बाटै अँध्यारा भए 
लड्लिन् फेसनकी परी अकबरी, चिन्ता भयो हे हरे ।

धादिङ