विषादी भलायो
कहाँ जोडी हुन्थ्यो, पीपल र भलायो ?
उखालेर बर त्यो, भलायो पलायो !
कहाँ उम्रियो त्यो, फुटालेर ढुङ्गा
उचालेर ल्यायो, कसैले लगायो ।
स्याहा¥यो उसैले, उसैले बढायो,
त्यसैले उसैले, सधैं काम लायो !
टुप्पाबाट त्यसै पलाएर आयो
पछुतो भयो त्यो, लुतो भो भलायो !
कनायो, गनायो, लज्जित बनायो
उछ्¥यो भलायो, चिलायो ! चिलायो !
कीरा सल्बलायो कि, निमित्त आयो
बूढो बर लडेभैंm, हुरीले लडायो !
बर छैन अहिले, पीपल ऐंझेरु भो
न पूज्यो कसैले, न ता जल चढायो !
कहाँ ओत हो त ? विषादी भलायो ?
त्यही पाठ उल्टो, छिः कस्ले पढायो ?