निहुँ खोज्ने कलालाई सलाम छ 
पराकाष्ठा नाघ्दा समयको लगाम छ 
तितो, पिरो, टर्रो जति सबै पोखे हुन्छ
धित मर्ने गरि कुण्ठा मेटिने अवसर लुटे हुन्छ !

यहाँ ज्यूँदाले देख्ने सपनाको महल छ
मरेकालाई पुर्ने अनगिन्ति यहाँ खाडल छ 
बाँचुञ्जेल हो यो संसारको रमिता हेरे हुन्छ
देखाउन सके आफूले पनि देखाए हुन्छ !

सके आफूलाई सपारे हुन्छ 
नसके अरूलाई नबिगारे हुन्छ
तानाको जिन्दगीमा रूमल्लिनु भन्दा पनि
सपनाको संसारमा डुबुल्की मारे हुन्छ !!

काठमाडौं