सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

यहाँ जे पनि सेलाउँछ

Nepal Telecom ad

यहाँ जे पनि सेलाउँछ । height=
बिरालो मुसा जस्तै गरी 
मान्छेले मान्छे खेलाउँछ । {{read_more}}
यहाँ भिम मल्ल चिसिएका छन् ।
चिसिनेहरूको थुप्रोमा
भिमसेन थापा मिसिएका छन् । 
मदन–आश्रित पनि मिसिएका छन् ।
बाह्रबर्षे जनयुद्धका गोला बारूद पनि
हिउँका डल्लाले पिसिएका छन्
कि न कि मेरो देश हिमालयको देश हो !

यहाँ शहीदको तातो रगत सेलायो
ठेकादार लाइ तह लाउने हविगत सेलायो ।
क्रान्तिको ज्वालामुखी नारा सेलायो 
विसौँ हजार जिउँदो सर्वहारा सेलायो ।
भर्खर उम्लेको सिन्डिकेट सेलायो,
तेत्तीस किलो सुनको इन्डिकेट सेलायो ।
निर्मला हत्याको आगोजस्तो मुठभेट सेलायो ।
एससपी सहित प्रहरीमाथि पेट्रो खन्याएर
कैलालीमा दन्काएको अगेट सेलायो।
यहा धेरै कुरा सेलाउँछ,
मान्छेले मान्छेलाई मुसालाई बिरालोले 
खेलाए झै खेलाउँछ ।
किन कि मेरो देश हिमालयको देश हो ।

बाइडबडीको आगो चिसिँदै छ अब,
रबिजी र राम बम्जनजीहरूका लोहोराले
सुन्दरीहरूको अस्मिता पिसिँदैछ अब,
कोशी, गण्डकी र कर्णालीका मुहानमा छिट्टै
पवित्र होली वाइन मिसिदैछ अब,
जाडोमा बाँड्ने टोपी र ज्याकेटमा पनि
प्रभु इसुको बरदान बिसिदैछ हजुर
सबै देशभक्ति र बिकाश हिस्सिँदैछन् ।
भ्रष्टाचार बिरोधीका मुटु चिसिदैछन् अव
किन कि मेरो देश हिमालयको देश हो,
हरेक शासकले चुसेर छाडेको खोस्टा
मुस्किले बचेको शेष–भग्नावशेस हो ।

पौष २७, खाँदबारी
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
शब्दलाई सलाम ठोक्न

शब्दलाई सलाम ठोक्न

ताराबहादुर बुढाथोकी
आऊ, मानवताको देउराली रोपौँ !

आऊ, मानवताको देउराली रोपौँ...

ताराबहादुर बुढाथोकी
म यस्तो जमिनमा उभिएको छु !

म यस्तो जमिनमा उभिएको...

ताराबहादुर बुढाथोकी
वेदना पढ्न

वेदना पढ्न

ताराबहादुर बुढाथोकी
भत्काऊ !

भत्काऊ !

ताराबहादुर बुढाथोकी
अहँ, म प्रश्न सोध्दिन

अहँ, म प्रश्न सोध्दिन

ताराबहादुर बुढाथोकी
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल
यी हातहरू

यी हातहरू

टङ्कबहादुर आले
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला