सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हास्यव्यङ्ग्यकार भट्टराईलाई मातृशोक

Nepal Telecom ad

धरान, ०७५माघ । हास्यव्यङ्ग्यकार शेषराज भट्टराईकी आमा श्रीमती चन्द्रकला भट्टराइको देहान्त भएको छ । {{read_more}} यादवनाथ र बेदमाया पोख्रेलकी माइली छोरी पंडित तथा  height=ज्योतिष स्व. देवीप्रसाद भट्टराईको पत्नी चन्द्रकलाको ८६ वर्षको उमेर गत माघ ४ गते धरानस्थित आफ्नै निवासमा देहान्त भएको हो । उहाँका ७ छोरा र १ छोरी हुनुहुन्छ । खोटाङ जिल्लाको ऐँसेलखर्कमा वि.सं. १९९० साल असार ३ गते जन्मिनु भएकी चन्द्रकलाको ८ वर्षको उमेरमा खोटाङकै सुङ्देलका देवीप्रसाद भट्टराईसँग विवाह भएको थियो । 

खोटाङबाट २०४३ सालमा बसाइँ सरी विराठनगर– ५ जामुनगाछीमा आएपछि उहाँको छोराहरू कामको सिलसिलामा सुनसरी, काठमाडांै तथा पोखरामा बसोबास गर्दै आएका छन् । पोखरामा व्यवसाय गरेर बस्दै आउनु भएका छोरा शेषराज भट्टराई हास्यव्यङ्ग्य स्रष्टाका रूपमा सुपरिचित हुनुहुन्छ । भट्टराईका ‘ऋषिमुनिका सन्तान सिसीमुनि’ (२०५९), दोस्रो संस्करण (२०७०), ‘जातले पकाएको भात’ (२०६७), ‘कहिले सासूको पालो कहिले बुहारीको पालो’ (२०६९), ‘तावाबाट उफ्रिएको माछो भुङ्ग्रोमा’ (२०७१) ‘धर्मको धोव्रmो’ (२०७४) जस्ता हास्यव्यङ्ग्य कृति प्रकाशित भएका छन् । 

भट्टराई विगत लामो समयदेखि फित्कौली डटकमका लागि नियमित रूपमा हास्यव्यङ्ग्य सिर्जना लेख्दै आउनु भएको छ । फित्कौली डटकम हास्यव्यङ्ग्य स्रष्टा शेषराज भट्टराईकी आमा स्व. चन्द्रकला भट्टराईप्रति हार्दिक शब्दश्रद्धा व्यक्त गर्दछ र यस दुखद घडीमा भट्राई परिवारप्रति समवेदना प्रकट गर्दछ ।
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad