सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

काशीनाथको ‘बोकाको मन’ लोकार्पण

Nepal Telecom ad

माघ ६, २०७५ । काठमाडौँ — बुबा दृष्टिविहीन, चार सन्तानमध्ये कान्छोबाहेक तीनैजना दृष्टिविहीन । {{read_more}} यी सबैजना भने आँखा देख्नेभन्दा बढी अब्बल छन् । जेठो  height=लक्ष्मण ज्ञवाली पहिलो दृष्टिविहीन अधिवक्ता हुन्, राजनीति शास्त्रमा पीएचडी पनि गरेका छन्, स्कुल पढाउँछन् पनि ।

माइलो काशीनाथ साहित्यकार हुन्, ज्ञवालीको सट्टा नाम पछाडि ‘मिश्रित’ को फुर्को झुन्ड्याएका छन् । आधा दर्जन साहित्यिक कृतिका यी धनी पनि स्कुल पढाउँछन् । साइलो पनि शिक्षक नै हुन् । प्रतिभावान् यो परिवारका लागि शनिबार खुसीको दिन थियो । माइलो काशीनाथले आफ्नो नयाँ कृति ‘बोकाको मन’ राजधानीमा सार्वजनिक गरे ।

एक त मोफसल, अर्को दृष्टिविहीन । गुल्मी सुनडाँडाबाट पुस्तक लोकार्पण गर्न आइपुगेका उनले भने, ‘कविताप्रतिको मोह सानोदेखि नै हो । पछि धेरै कुरा भन्न मन लाग्यो, त्यसका लागि अलिक फराकिलो विधा रोजें ।’ नयाँ कृति उनको व्यङ्ग्य निबन्ध संग्रह हो ।

मुलुक र समाजप्रतिको कुत्कुत्याइले व्यंग्य विधातिर कलम चलाउनुपरेको बताए काशीरामले । ‘उहिले भैरव अर्यालको कृति पढ्दाको छाप थियो मनभित्र,’ उनले सुनाए, ‘सामाजिक र राजनीतिक विकृति विसंगति देखेपछि चुप बस्नै सकिनँ ।’ उनले हेर्ने आँखा आफूसित नभए पनि देख्ने आँखा भने रहेको भन्दै आफूहरूजस्ताकै अनुभूतिलाई पनि निबन्धको विषय बनाएको बताए ।

यसअघि उनका ‘रक्सी’, ‘दुर्भाग्य’ खण्डकाव्य, ‘केही अभिव्यक्ति ः केही परिभाषा’, ‘भोकमरी’ (सहलेखन) जस्ता कृतिहरू प्रकाशित छन् । गुल्मी नेत्रहीन संघ र साहित्य जागरण केन्द्र रुरुका उनी अध्यक्ष पनि हुन् । पुस्तक लोकार्पण गर्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले मोफसल र शारीरिक अपाङ्गताको सीमाले पनि काशीनाथको प्रतिभा छेक्न नसकेको भन्दै प्रशंसा गरे । ‘धेरैसित दृष्टि हुन्छ तर दृष्टिकोण हुँदैन,’ उनले भने, ‘काशीनाथजी दृष्टिकोणसहितका प्रतिभा हुन् ।’

कृतिमाथि बोल्दै लक्ष्मण गाम्नागे र ज्ञाननिष्ठ ज्ञवालीले ‘कृतिमा अनाचार, दुराचार, भ्रष्ट आचार र विचारहरूलाई सूक्ष्म रूपमा चिर्दै स्वच्छ र स्वस्थ समाजको परिकल्पना गरिएको’ बताए । नरनाथ लुइँटेलले स्वागत मन्तव्य राखेपछि समालोचक रामप्रसाद ज्ञवाली, भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य र वरिष्ठ पत्रकार युवराज घिमिरेले काशीनाथको प्रतिभाको प्रशंसा गर्दै हार्दिक बधाई ज्ञापन गरेका थिए ।  

डा. लक्ष्मणप्रसाद ज्ञवालील लोकार्पण समारोहमा उपस्थित भई स्रष्टाप्रति सम्मान जाहेर गरेकामा सबैप्रति हार्दिक कृतज्ञता व्यक्त गरे । कार्यक्रमको सञ्चालन सरोज घिमिरे र अध्यक्षता भुँडीपुराण प्रकाशनका केशव पराजुलीले गरेका थिए । भुँडीपुराण प्रकाशनबाट प्रकाशित बोकाको मन कृतिमा स्रष्टा मिश्रितका २४ वटा व्यङ्ग्य निबन्धहरू सङ्गृहीत छन् । 
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad