बाडुल्कीले सताउँदा, आफन्तले सम्झे भनी
कति चोटि औंला भाँची गन्यौ भन त ..
घाँंटी खस्खसाउँदा खेरी नानाथरी गाली गरि
कति चोटी सत्तोसराप गर्यौ भन त....

फर्फराउँदा आँखाहरू हुन्छ अरे ! लाभहानी,
बिरालोले बाटो काटे गर्न थाल्छन् आनाकानी !!
भाबीले निधार केर्दा ज्योतिषीले रेखा हेर्दा,
कस्को भाग्य कस्को आयु बढ्यो भन त...
बाडुल्कीले सताउँदा .........
घाँटी खस्खसाउँदा खेरी.....

के भनौ खै स्वप्ना संझी विपनामा रमाउनेलाई
नियतिले धोका दिए पुर्पुरोमा समाउँनेलाई ।
मनमा आँधी हुरि चल्दा जिन्दगीको जगै ढल्दा,
शुभ ! अशुभ कस्तो सन्देश पायौ भन त ......

बाडुल्कीले सताउँदा, आफन्तले सम्झे भनी
कति चोटि औंला भाँची गन्यौ भन त......
घाँटी खस्खसाउँदा खेरी नानाथरी गाली गरी
कति चोटि सत्तोसराप गर्यौ भन त.....