(प्रणय दिवस विशेष)
तिमीलाई खोजिराछु म, सत्ता
तर तिमी चाँहि कता कता
सत्ता !
तिमी पनि कस्ती उखरमाउली रहिछ्यौ
अस्ती प्रचन्डसँग
हिजो देउपासँग
आज फेरि केपी दाइको पो भएछ्यौ ?
हामी युवाहरू पनि छौ नि लाइन पार्ने
खाली बुढाहरू सँग मात्र गएछ्यौ !
युबा नहुने रे
बुढै मात्र चाहिने रे
अब तिम्रो माया पाउन बुढै हुनु पर्ने ?
भन त अब युवाहरूलाई माया नगर्ने ?
बुढाहरू पनि
तिमीसँग लस्सिएपछि
चाउरिएका भए पनि
हस्टपुस्ट गाला हुने
फुलेका दाह्री पनि काला हुने
आज योसँग भोलि कोसँग
तिमी त झल्ली भइछ्यौ
खाली बुढाहरूलाई मात्र च्याप्ने
तिमी साहै् खल्ली रहिछ्यौ ।