मिठो धून निस्कन्छ तिम्रा चुरामा 
छ लावण्य, लालित्य तिम्रा कुरामा

तिमीभित्र के पो छ खै लट्ठ पार्ने
ठूलो शक्ति यी सुन्दरीमा, सुरामा

तिमी के गरौँला भनी पीर मान्छ्यौ 
मलाई छ विश्वास यी पाखुरामा

ठूलो खान्छ साना हुँदा ‘मत्स्य न्याय’
निकै चल्छ सङ्घर्ष बाँच्ने भुरामा

पुगेको छ मान्छे उडी चन्द्रमामा
अठारौँ शताब्दी अझै बाजुरामा ।

सुर्खेत