सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

स्वचालित देश 

Nepal Telecom ad

 height=चल्नु र चलाउनु फरक छ । आखिर देश केका लागि हुन् त ? चल्नका लागि या चलाउनका लागि ? {{read_more}} देश आफैँ चलेको हो या चलाइएको हो ? म असमञ्जस्यमा छु । यसो मथिंगलमा सोचाइको कचिंगल निकाल्यो, अनि सोच्छु साँच्चै देश स्वचालित छ या निर्देशित ?

कतै त्वम्् शरणम्को नारा घन्कन्छ त कतै हम् शरणम्को पारा निस्कन्छ । सपथ खानासाथ दक्षिणायन भएर नआई देश चल्दैन भन्ने बुझिन्छ । विस्तारवादको नारा लगाउनेहरू पनि दक्षिण तर्फको आसेपासे भएर उतै विस्तारै विस्तरा लगाउन थालिसकेका छन् । त्यसैले त म झन् गहिरिएर सोच्छु यो देश स्वचालित या निर्देशित ?

व्यवस्थापिका भंग भो ! कसैलाई उमंग भो, कोही भने दङ्गथे अनौठा तरंग थ्यो, तर निर्देशित भएर पछि अर्को आक्रमण न्यायपालिकामा हुँदैछ । देश स्वचालित थियो होला, अब निर्देशित बन्दै छ ।

निर्देशित पनि किन नहोस् ? ठूला ठूला सम्झौता दक्षिण दिशा ताक्नु पर्छ, विदेशी प्रभु भाक्नु पर्छ । निर्देशित देशमा सम्पूर्ण कुरा निर्देशका भरमा चल्छन् । नेता स्वचालित हुनु पर्ने हो, निर्देशित छन् । जनता निर्देशित छन् । सार्वभौम सत्ता निर्देशित छ । विचार निर्देशित छ । सोचाई निर्देशित छ । सबै सबै निर्देशित छन् । 

एक दिन काइँलाउसँग मेरो वार्तालाप भो । काइँलाउ कड्किए– ‘एक्सिमा गाँठे ! अब आइन्दा देखि छोरा छोरीलाई सरकारी जागिरमा पठाउँदै पठाउँदिन लौ जा !’ म छक्क पर्दै सोधे– ‘किन ?’ काइँलाउको उत्तर थियो– ‘म आफ्ना सन्तानलाई भ्रष्टाचारी हुन दिन्न ।’ मैले सोधेँ– ‘कसरी सम्भव छ यो कुरा ?’ काइँलाउले दुखेसो पेखे– ‘हेर ! केटा, छोराछोरीले सरकारी जागिर खाए भने झुक्किएर मन्त्री, प्रधानमन्त्री बन्लान्, जो आजभोलि भएकै छ । यदि झुक्किएर मन्त्री भए भने तिनीहरूले त भ्रष्टाचार गर्छन् अनि भ्रष्टाचारीको बाबु भनेर चिनिनुको साटो अरू के नै बिक्ला छ र ?’ मैले पुनः काइँलाउलाई सोधे– ‘किन यस्तो गुनासो पोख्नु भाङ्गको ?’ उन्ले भने– ‘बाबु देश निर्देशित छ, वैदेशिक इशारामा चलिरहेको छ । हाम्रा सोच, विचार, नीति, नियम सम्पूर्ण निर्देशित छन् । 

देश निर्देशित र स्वचालित के हो तपाई पाठक बृन्दलाई थाहै होला । यो देशमा आउने राजदूतहरू स्वचालित छन् । तिनीहरूलाई कुटनीतिक मर्यादाको ख्याल राख्नु पर्दैन । कुनै पनि व्यक्तित्वलाई भेट्न जाँदा परराष्ट्रको निर्देशन मान्नु पर्ने हो यी राजदूतले । तर राजदूत नै स्वचालित भएपछि कस्को के लाग्छ ? विना स्विकृति यहाँ जस्लाई भेटेर जे निर्देशन दिन पाइन्छ ।

यहाँ सगरमाथा चढ््न सोध्नु पर्दैन । चढ्नु छ भने आफै स्वचालित हुनुस् । चन्दा र बन्दको लागि यौटै व्यक्ति स्वचालित भए काफी हुन्छ यहाँ । ठूला विद्युत् आयोजनाको क्षमता विस्तारमा सुटुक्क निर्णय गर्न सकिन्छ । हो यो देश अचम्मको भा’को छ, गाउँमा सडक गा’को छ, मान्छे शहर आ’का छन् । खेतमा घर फलेको छ । देश रेमिट्यान्सले सञ्चालित छ । वैदेशिक रोजगार, साँच्चै यस्तै यस्तै छ  देश । त्यसैले कतिपय काम निर्देशित छन् । कतिपय काम स्वचालित छन् । वैदेशिक निर्देशिनको बोलाबाला छ यहाँ । डनको निर्देशनको चालामाला छ । यहाँको अर्थतन्त्र निर्देशित छ, पर निर्भर छ, नीति निर्देशित छ, रीति निर्देशति छ । के तपाईलाई लाग्दैन तपाई कस्तो हुनुहुन्छ ! स्वचालित या निर्देशित ? तपाई पक्कै पनि कुनै पार्टीको इशारामा चल्ने निर्र्देशित मेशिन त हैन ? तपाईको चिन्तनले स्वभाविक रूपमा, स्वचालित रूपमा विवेकको काम भा’को भए के यो देश उदेक लाग्दो हुन्थ्यो होला र ? फेरि एक पल्ट सोधेँ– ‘तपाई स्वचालित कि निर्देशित ?

बेशीसहर नगरपालिका ३, लमजुङ
हाल : काठमाडौं 

 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
साथी ! चिन्ने हो

साथी ! चिन्ने हो

ठाकुरप्रसाद अधिकारी
घूस- १

घूस- १

कृष्ण प्रधान
ब्रह्माको विधान

ब्रह्माको विधान

रोशन आपगाईं
वार्ता

वार्ता

अन्जु शर्मा
क्लिप्टोमेनिया

क्लिप्टोमेनिया

चिरञ्जीवी दाहाल
आलु नफल्ने ठालुको तालु

आलु नफल्ने ठालुको तालु

माधव पोखरेल गोज्याङ्ग्रे