बडाबड
आम चुनाबको अघिल्लो दिन
“ए भरिया दाइ म एउटा सजिलो काम दिन्छु गर्छौ ?” {{read_more}}
“कस्तो काम होला कुन्नि ? गरम्ला नि के रे ।” घेरो फाटेको टोपी पन्छाएर टाउको कन्याउदै भरियाले दिएको जबाफमा प्रस्ताबकले थप प्रष्ट्यायो“ काम अनौठो खालको तर सजिलो छ । पैसा पनि कुस्त आउछ ।”
“के काम हो लु दिनुहोस् काम ?” भरिया कस्सियो ।
“गर्न सकेनौ भने ठूलो सजाय हुन्छ नि मन्जुर ?” तामा तुलसीको साथमा हतियारधारी डनलाई देखाउदै भोट किनुवा कड्कियो ।
“हुन्छ त नि ।” भरियाले मनमा डर र धाक देखाएर भोट किन्ने दिन गए बाबै । मलाई निरीह एक्लो भरिया देखेर हेपेको ? पख तँलाई जानेको छु भन्ठान्दै ढुक्क देखिएझै गरि जबाफमा भन्यो ।
“उसो भए लौ हिजो बेलुका भोज खुवाएर नोटको बिटो दिनेलाई भोट नदेउ त ।”
“ए ऽ यस्तो कामको त रेट ह्वात्त बढेको छ हजुर । हामी सबै भरियालाई आजै बासको लागि जग्गा पास गरि दिने भए मैले मात्र होइन सबै भरियाको भोट हजुरको बक्सामा हाल्ने मेरो वचन भो । दिन सक्नुहुन्छ के बासको लागि जग्गा ?”
“पखलास तँनाथे भरियाको यत्रो फुर्ती ! तेरो शेषी नझारी कहाँ छाडौँला र ?” भन्दै भोट किनुवा फर्क्यो ।
उस्को बापबैरी दलले सरकार बनाएपछि सत्तारूढ दलमा प्रबेश गरेको भोट किनुबाले सरकारले ल्याएको सामाजिक सुरक्षा भत्ता भरिया जस्ता असङ्गठितलाई दिनुहुन्न भनेर वकालत गरेको देखेर त्यो भरिया चित खायो ।