सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

तीन व्यङ्ग्यचित्रकार सम्मानित

Nepal Telecom ad

 height=काठमाडौं । लामो समयदेखि कार्टुन बनाइरहेका र समाजलाई योगदान पुर्याएका तीन कार्टुनिस्ट सम्मानित भएका छन् । {{read_more}}

नेपाल कार्टुनिस्ट क्लबको आयोजनामा कार्टुनिस्टत्रय दुर्गा बराल, मोहनश्याम महर्जन र धिरेनकुमार दाहाललाई बराथा स्मृति सम्मान प्रदान गरिएको हो। नेपाल आर्ट काउन्सिलमा बिहीबार भएको ‘बराथा स्मृति सम्मान तथा कुचीकलम समर्पण समारोह’मा उनीहरूलाई कदरपत्रसहित दोसल्ला ओढाएर सम्मान गरियो ।

सम्मानित व्यक्तिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि संस्कृतिविद् सत्यमोहन जोशीले राणाकालमा गाईजात्राको दिन कार्टुन बनाउने छुट भएको स्मरण गरे। उनले हास्यव्यंग्य कलाले समाजमा महत्वपूर्ण योगदान पुर्याउने र कला–संस्कृतिका माध्यमबाट पनि देश समृद्ध हुने उल्लेख गरे ।

कार्यक्रममा कुन्दन अर्याल, रामकुमार पाँडे, अशोकमान सिंह, नारदमणि हार्तम्छाली, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान, वासुदेव विद्यादेव लुइँटेल गुठी, कामना मासिक प्रकाशनलाई ‘स्वर्ण कुचीकलम अवाड’ प्रदान गरियो ।

कार्टुनिस्ट क्लबका अध्यक्ष अविन श्रेष्ठले विगतमा अग्रजले दिएको योगदानलाई सम्झना गर्न बराथा सम्मान सुरु गरेको जानकारी दिए। उनले कार्टुन संग्रहालय स्थापना गर्न नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानसँग आग्रहसमेत गरे ।

गोरखापत्रका पुराना कार्टुनिस्ट बलराम थापाको नामबाट बराथा सम्मान स्थापना गरिएको हो ।  
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad