(१)
ठुलाको सिको
भुसुनाले गरेर
हैरान पारे ।
(२)
डुङ्गा हल्लियो
चुपचाप बस्नु रे
पक्कै मरिन्छ ।
(३)
घाम छेकियो
बादलको बिचमा
हामी लुटियौँ ।
(४)
राष्ट्रिय झण्डा
नच्यात कमरेड
हाम्रो शिर हो ।
(५)
सम्झौता गरे
पर्दाभित्र कोही छ
बाहिर निस्क ।