अनेक मान्छे अनेक धर्म राजनीति दाउ 
आफ्नो लागि सबै सत्य शनि केतु राहु

मानिसको सन्सारमा रहस्य हो स्वार्थ 
दुई ध्रुब दुनियाँमा आसामी र साहु

पैसा भयो भगवान् रे गन्तब्य र मार्ग 
अर्थ्भित्र ठूलो अर्थ “यही” नदी नाउ .

अति कमजोर मानवता रोगी नैतिकता 
विश्वास गो कोमातिर धोका बन्यो माऊ

बैगुनीको भीड़ मात्र जहाँ गए पनि 
कोही हुन्न सरलको जति गुन लाउ !!