सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

लाजनारायण

Nepal Telecom ad

 height=नमस्कार ! मलाई चिन्नुभयो होला । पाठकले पाठकलाई नचिन्ने कुरै भएन । नाम त के बताऊँ ! {{read_more}} आफ्नो नाम बताउन आफैँलाई लाज लाग्छ । केहीले मेरो नाम लाजनारायण राखेका छन्, त्यही सम्झिनुस् । तपाईंलाई थाहै छ, एउटा इन्जिनियरिङ कलेजका सञ्चालकसँग मैले लिएको ७८ लाख रकमका पछाडि संसारै लागेको छ अहिले । सबैको मनशान्तिका लागि यस विषयमा मेरो प्रस्टीकरण पेस गरेको छु । लाज नमानी पढिदिनुहोला ।

खास कुरा के हो भने त्यो कलेजका सञ्चालकबीच लफडा रहेछ, त्यहाँभित्र ठूलो भ्रष्टाचार रहेछ । मेरोमा सो कुरा आएपछि सञ्चालकबीचको झगडा समाप्त होस् र भ्रष्टाचार निमिट्यान्न होस् भन्ने पवित्र उद्देश्यले त्यो रकम समातेको थिएँ । अझ भनौँ, म जीवनभरि वकालत गरेको मान्छे, झगडिया आएर ’रिक्वेस्ट’ गरेपछि मैले नाइँ भन्न सकिनँ । त्यो घुस थिएन, मध्यस्थता शुल्क थियो । जहाँसम्म काम नगरिदिएपछि पैसा फिर्ता नगरेको कुरा छ, यो त स्याललाई मासु पैँचो दिएर फिर्ता गरेन भनेजस्तो फट्याइँ मात्र हो । पैसा फिर्ता गरेको भए म उनीहरुको नजरमा डरपोक, नालायक ठहरिन्थेँ ।

म स्वयं भ्रष्टाचार रोक्ने निकायको जिम्मेवार अधिकारी भएकाले कतै घुस खोज्दै हिँड्ने कुरा भएन । तिनीहरुलाई पनि म खोज्दै गएको होइन, आफैँ आएर जबर्जस्ती पैसा थमाएका हुन् । ठूलै समस्यामा परेको चाल पाएर दोस्रो, तेस्रो किस्ता मात्रै मैले माग्न थालेको हो । तर एकदमै बदमास रहेछन्, पहिला पैसा दिने, पछि फिर्ता माग्ने, फेरि भिडियो पनि खिच्ने अनि ब्ल्याकमेलिङ गर्ने । ममाथि तिनीहरुले ठूलो अन्तर्घात गरेका छन्, पीडित बनाएका छन् । म पीडकमाथि कारबाहीको माग गर्छु ।

मैले उनीहरुलाई भनेको थिएँ, म प्रमुख आयुक्त बनेपछि सब काम तमाम गरिदिउँला, तर सरकारले मलाई मौकै दिएन । म प्रधानन्यायाधीश हुने लाइनको मान्छेलाई अख्तियारमा नियुक्त गरेर सरकारले सुरुमै फसायो, पछि प्रमुख आयुक्त नबनाएर फेरि धोका दियो । अतः मबाट हुन गएको अनैतिक कार्यका लागि सरकारले पनि नैतिक जिम्मेवारी लिनुपर्छ । मेरो आनीबानी थाहा पाएर मलाई नियन्त्रण नगर्ने प्रमुख आयुक्तको पनि ठूलो गल्ती छ । त्यसैले वाइडबडी जहाजको समस्या मिलाएजस्तै हामी मिलेर यसलाई पनि मिलाउनुपर्छ ।

मैले त्यति सम्मानित पदबाट राजीखुसीले राजीनामै दिइसकेँ । अब मलाई थप कारबाही गर्ने प्रश्न आउँदैन । तर सुन्दैछु, कानुन तानतुन गरेर कारबाही गर्ने कुरा । यो कुरा सुनेर म ओछ्यान नै परिसकेँ । डिप्रेसनमा गइसकेँ । अब मलाई मुद्दा हाल्ने काम गर्नु बेकार छ । घुस लिएको पैसा फिर्ता गर्न नसक्ने मैले अदालतले कुनै जरिवाना तोक्यो भने कसरी तिर्न सक्छु ? अनि जेल जाने कुरा आयो भने त हर्टअट्याक भएर तुरुन्तै ढलिहाल्छु । त्यसैले मलाई बाँकी जीवन शान्तिपूर्ण रुपमा व्यतीत गर्ने अवसर दिइयोस् । बरु म आफ्नो सम्पूर्ण सम्पत्ति छोराछोरी(पत्नीको नाममा समर्पित गरेर कुनै आश्रमतिर जान्छु, अग्रजहरु गएको बाटो जान्छु । दिगम्बरजीलाई जस्तो मलाई कुनै पदमा नियुक्ति गर्ने चेष्टा सरकारले नगरोस् । यदि गर्छ भने भगवान् कसम ! म एकदमै इमानदारीसाथ काम गर्नेछु । कसैलाई कुनै भिडियो खिच्ने मौका दिने छैन । आगे सरकारको जो दया !

नेपाल, फाल्गुन १४, २०७५
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
भूमिका भूमिका जस्तो एक शुभकामना मन्तव्य

भूमिका भूमिका जस्तो एक...

लक्ष्मण गाम्नागे
उल्काउल्काका शुल्कहरू

उल्काउल्काका शुल्कहरू

लक्ष्मण गाम्नागे
भूमिकाको भुमरी

भूमिकाको भुमरी

लक्ष्मण गाम्नागे
राष्ट्रिय ए’कता ?

राष्ट्रिय ए’कता ?

लक्ष्मण गाम्नागे