धेर थोर, सबै छन् चोर
झुट्टो कुरो गरेको, कहाँ हो र
रूप चोर, सिपको चोर
चोर्को कुरा, गरेर के भो र ?

थरी थरी, छन् चोरै चोर
चोरकै साम्राज्य, भो हेर
साँध चोर, सिमाना चोर
ठुला साना, सबै नै छन् चोर

तिमी ठुलो, मन् छैन ठुलो
मुसो बनि, न पार भ्वागं दुलो
माग बरु, दुई हात जोडेर
माग्न आउ, चोर्ने काम छोडेर

तिमी रै छौ, साह्रै नै गरिब
गरिब भन्दा, झन् धेरै हरिप
लाज सर्म, न पचाऊ यसरी
तिमीलाई सम्झाऊ, म कसरी

अर्की चोर, कस्ती छिन् हेर
मुटु चोरिन् सुटुक्कै पसे र
कविले कविता, चोर्या छ
यस्ले मलाई, ठुलै पिर पर्या छ

कर चोर, झन् धेर धेर
भैरबले भन्या थे, उहि बेर
चिट चोर, विद्यार्थी धेर
चोर चोर, मिलौँ न के भो र

किन भन्नु, अरुलाई चोर
ऐनामा हेरौन, एक फेर
मन्दिर गयौ, उनैलाई भेटन
लोभी मन्को पियासै मेटन

तिम्रो सिउँदो, देखे र खालि
दुनियाँले बजाए, कर ताली
किन चोर्यौ, अर्काकी पति
भनिदेऊ न, तिमीले नढाँटी ।