सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

झर्ला र खाउँला

Nepal Telecom ad

 height=दासताका दुई वर्ग छन् मेरा दृष्टिमा सँगी !
पहिलो बाध्यता नै हो र दोस्रो चाहिँ स्वैच्छिकी {{read_more}}

तत्कालै मुक्ति चाहन्छन् पहिलो वर्गकाहरू 
दोस्राहरू भने खोज्छ्न् दासता लम्बियोस् अरू 

वर्णनातीत पीडा छ पहिलो वर्गमा सधैँ
र दोस्रो वर्गका चाहिँ गर्व–आनन्दमा सधैँ 

बाध्य दासहरू गर्छन् स्वामीप्रति घृणैघृणा 
दास स्वैच्छिकको कामै प्रभुको अभिनन्दन 

विरोधमा कसैले चूँं सम्म मात्रै गरे पनि 
अरिङाल भई चिल्छन् पानीमुनि लुके पनि 

मान्छेका रूपमा बाँच्ने चाहना बाध्य दासको 
झर्ला र खाउँला भन्ने चाहना अन्य दासको 

सिक्री फलामको नै होस् अथवा होस् सुवर्णको 
“गलफन्दी“ कुरा कैल्यै कसरी हुन्छ गर्वको ?

दासता दासता नै हो जुन खाले भए पनि 
पशुभन्दा अझै तल्लो “दास स्वैच्छिक”को जुनी
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जन्मन्छौ कहिले तिमी ?

जन्मन्छौ कहिले तिमी ?

निर्मोही व्यास
‘जब आयु ढल्यो…’

‘जब आयु ढल्यो…’

निर्मोही व्यास
अटाइन

अटाइन

निर्मोही व्यास
ओकल्छु आगो म बागी बनेर

ओकल्छु आगो म बागी...

निर्मोही व्यास
मायाँ भन्नु खोला रैछ

मायाँ भन्नु खोला रैछ

निर्मोही व्यास
राष्ट्रिय विकास रमिता !

राष्ट्रिय विकास रमिता !

गायत्री परिरोशनी
के गर्न बाँकी छ ?

के गर्न बाँकी छ...

प्रेम ओली ढकलपुरे
सबै उस्तै उस्तै

सबै उस्तै उस्तै

विजयध्वज थापा
घोचक गीत

घोचक गीत

अमर अधिकारी
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल