(हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह ‘बाँदरका हातमा नरिवल’
माथिको व्यङ्ग्य समीक्षा)

‘त’ बर्गको अन्तिम वर्णबाट
निस्कन्छ त्यो नाम त सानसाथ
पछाडि नाङ्गै छ र लाज मान्छ
‘न’ लाई आकार छ एउटा थ ।

लुकेर बस्छ तर ठोक भन्छ
इमानकासाथ रहन्छु भन्छ
टेकेर पाउ रचि व्यङ्ग्य ठोक्छ
लमक्क लम्केर अगाडि बढ्छ ।

कैले ‘मिटिङ् मन्थन’ सोचि बस्छ
‘बद्नाम राम’हरूलाई भजि रहन्छ
कैले त त्यो ‘राष्ट्रिय झोल’ लेख्छ
गम्भीर निष्कर्ष निकालिरन्छ ।

‘काम्रेडको स्वाद’ प्रकट् गरेर
‘बिकट् टिकट्’को परिणाम धेर
अगाडि ल्याइ छरपष्ट पार्छ
अनेक बिकृति उरालि दिन्छ ।

हावा हुसेरिकन ‘हुस्सुकान्त’
‘टुट् फुट’ नाराहरू घोकिरन्छ
ठोक्ने दिम्दै राय उ ‘ठोकिदिन्छ’
कैं धांधली भो कि त झम्टिहाल्छ ।

‘भाषा र भक्ति’ अनि ‘गाईजात्रा’
‘अपार व्यापार’ यता उताका
तिहारमा ‘देउसुरे’ पुकार्छ
नेताजीलाई दिन ‘पोलियो’ छ ।

मिलिजुलि खेल बनाउने ऊ
काम्का चिठि पत्र पठाउने ऊ
इनाम् पुरष्कार दिलाउने ऊ
‘चुक्लि चमत्कार’ जुराउने ऊ ।

‘स्वप्ना कुकूर्’का पनि लेख्न सक्छ
लेखक् बृत्तान्त उहि लेख्न सक्छ
उ भ्रष्टको साथ दिँदो रहेछ
‘टन्टन् टेलिफोन’ बजिरहन्छ ।

‘कम्पिटिसन्’मा ‘बलड्याङ’ खाए
‘छेपारो माउसुली’ बात आए
‘उल्टो गति’देखि रमाउने हो
 चार् मार्ग देखेर बताउने त्यो ।

यौटा नरीवल टिपेर ल्याई
दिलाइयो बाँदर भाइलाई
के गर्छ त्यो बाँदर हेरदैछ
लुइटेल् नरनाथ चिहाउँदैछ ।