चिनौँ हामी मुना भाँच्न खोज्ने काला राँगाहरू,
जोगाएर राखौँ नत्र भाँच्छन् यिन्ले हाँगाहरू ।

समयले कार्तिक ल्याउँदा टाँगमुनि पुच्छर हाल्दै,
च्योइ भन्दा नि उतै लाग्छन् कठै ! भुस्या डाँगाहरू ।

सेतोलाइ नि कालो देख्छन् नकारात्मक वुद्धिजीवि
अवसर पाउँदा वन्छन् यिनै फुस्रा भिखमागाहरू ।

ठमेलतिर कट्टुविनै साँढे हिन्दा के आश्चर्य ?
पशुपतिमा जस्तो बाँदर र उस्तै सिद्ध नागाहरू ।

खाँदबारी, चैत २६