१. गोरखकाली पार्टी
यहाँहरू सबैलाई स्वागत छ– भरपर्दो, विश्वासिलो र ओतिलो गोरखकाली पार्टीमा ! यो पार्टी सबैको साझा ठाँटी हो । सबैको चौतर्फी छहारी बन्न सक्ने औतारी हो । हाम्रो पार्टी जस्तोसुकै कठिन बाटोमा पनि गुड्न सक्छ । जस्तोसुकै समयमा पनि स्वरूप फेर्न सक्छ । जोसुकैलाई पनि आफ्नो अनुकूल अनुहारमा हेर्न सक्छ । शत्रुका जतिसुकै ठूला आँधीहुरीजस्ता धमासलाई पनि केर्न सक्छ र आफ्नो चतुरोपनको खोल ओढाएर त्यसलाई सजिलै बेर्न सक्छ । यो शक्तिशाली त छँदैछ, यो भन्दा बढी हाम्रो पार्टीको अर्को गुण भक्तिशाली पनि हो । शक्ति र भक्तिको योगलाई वियोग गर्न हाम्रो गोरखाली पार्टीले जानेकै छैन । शक्ति र भक्तिको उचित समायोजन गर्न नसक्ने पार्टीलाई त हाम्रो पार्टीले भत्केको पाटी पनि मान्दैन र उदारनीतिको रीतिभन्दा अर्को कुरा यसले केही पनि जान्दैन हाम्रो पार्टीमा उदरनीति र उदारनीतिको समेत राम्रो तालमेल कायम छ । हामी भन्छौँ–बाँच र बचाऊ । ‘बचाउ र बाँच’ भन्नेहरू हावादारी, कल्पनादारी क्रान्तिकारी हुन् । आपूm नबाँची अरूलाई बचाउँछु भन्नु अरू पार्टीको कति ठूलो मूर्खता हो ! हाम्रो पार्टीमा त्यस्ता मूर्ख नीति बनाउने कोही पनि छैनन् न कार्यकर्ता न नेता । हामी त निकै खारिएका, अनुभवले तपस्वीजस्तो बनेका, कामले झन् कोइलीजस्तो बनेकाहरू मिलेर यो पार्टी खोलेका हौँ । यस्ता राजनीतिका लामा–लामा बाटोमा अनवरत गुडेकाले हामीेले हाम्रो पार्टीको नाम पनि ‘गोरखाली पार्टी’ राखेका हौँ । गोरखाली टायरभन्दा धेरै कोस टाढासम्म गुड्न सक्ने क्षमता हामीसित भएकाले यस्तो बलियो प्रतीकात्मक नाम राख्न हामीले कन्जुस्याइँ गरेनौँ । तर हामी विश्वास दिलाउन चाहन्छौँ– गोरखकाली टायर र हाम्रो पार्टीको तुलनै हुन सक्दैन । त्यो टायर आफ्नो चुनौती चिन्दैन र बच्न जान्दैन, एउटै रूपमा गुडिरहन्छ । हामी त रूप फेरेरै पनि जुनसुकै राजनीतिको बाटोमा गुड्न सक्छौँ ।

२. सहमति
    सहमति भयो । सहमति गर्ने मति पलाएका सबैलाई धन्यवाद छ । तर सहमति नै हामी नेपालीका लागि महान् उपलब्धि भएको छ । बाँकी कुराहरू तपसिलका छन् अथवा सहमति कसका बीच भयो, किन भयो, कसरी भयो भन्ने विषयान्तर जान्नु जरुरी छैन ।  जरुरी भएर पो के गर्नु ? आज जुन सहमति भयो; त्यो केवल सहमति हो र भोलि पुनः सहमति गर्ने सहमति हो । अब बुझ्नुहोस् है, भोलि सहमति गर्नुपर्छ र गर्ने भन्ने सहमति आज भएको छ भने विमतिको गन्ध कायमै रहेछ भन्ने बोध पनि गर्नुप¥यो नि ! सहमति गर्ने सहमति नै उपलब्धिपूर्ण हो । बल्ल हामीमा के महसुस भएको छ भने सहमति गर्नुपर्छ । सहमति हुँदै पनि जान्छ र यो नै निरन्तर प्रक्रिया हो । सहमतिको लागि नै किन नहोस्, आखिर सहमति त भयो । कसैलाई विमति वा फरक मत लागेमा असहमतिसहितको सहमति भन्ने भाषाप्रयोग गर्न जानेको देखियो । यो पनि कम उपलब्धि होइन । नेपाली आँगनमा झुल्केको अहिलेको सर्वोत्कृष्ट न्यानो उज्यालो नै सहमति हो । जति दिनसम्म आपूmअनुकूल निर्णय गर्न सकिन्न, त्यति दिनसम्म यसैगरी भोलि सहमति गर्ने गरी सहमति हुँदै जाने संस्कृतिको विकास भएको छ । वार्ताकारहरू आफ्नो अस्तित्वमा टसको मस छैनन् तर पनि सहमति हुन्छ । दर्शक वा श्रोताहरू रेडियो खोल्छन्, टेलिभिजन सामु समाचारको प्रतीक्षामा बस्छन् र थाहा पाउँछन्– आज भोलि सहमति गर्ने गरी वार्ताकारहरूले सहमति गरेछन् । उनीहरू ताली लगाउँछन् । अब देश सहमतिको बाटोमा हिँड्ने भयो । एकले अर्कोलाई सम्झनै नसक्नेहरू असहमतिका बीचमा सहमति गर्दै जान्छन् भने कम चासो र चिन्ताको विषय हो र ? आखिर पटक–पटक सहमति गर्नुको गुढार्थ त असहमति देखाउन नचाहेर सहमति भएको हो । आजै सहमति हुनपथ्र्यो तर व्यापक असहमति भयो । त्यो परिवेशको गम्भीर माग हो । त्यसैले अर्को वार्तामा सहमति गर्ने सहमति भयो ।

३. छेस्केनी
    संसारमा ठूला कुराहरू धेरै होलान् । महŒवपूर्ण विषयहरू पनि धेरै होलान् । तर मलाई त छेस्केनी नै शक्तिशाली अनि महŒवपूर्ण वस्तु लाग्यो । छेस्केनीको महŒवलाई बोध गरेपछि त यसको गम्भीरता झन् प्रगाढ लाग्यो । छेस्केनीले एउटा ठूलो पर्खालको काम गरिदिन्छ । मानौँ इतिहासमा दुई जर्मनीका बीच बडेमानका पर्खाल थिए, यहुदी र हिटलरका बीचमा बडेमान पर्खाल थिए र आज पनि त्यस्ता कैयन् पर्खालहरू कायमै छन् । तिनै विशाल पर्खालको समान भएर यत्रतत्र रहने सफल वस्तु हो – छेस्केनी । छेस्केनी लगाएर बैठक बसेपछि पत्रकारहरूले कुरा चोर्न सक्दैनन् । आफ्ना पत्रिकामा छापिने कति सनसनीपूर्ण कुराहरू भित्र छन्, बिचरा पत्रकार बाहिर छ । त्यति मात्र किन, एउटा छेस्केनीका भरमा सुनचाँदी, जुहारत भित्र कोठामा थुनिएका छन्, त्यो अभिलाषी जगत्का बिचराहरू बाहिरै छन् । छेस्केनीले ती दुई शक्तिशाली धारलाई छुट्टयाएको छ । सम्पादक भित्र छ, उसको कारिन्दा बाहिर छ । कसैलाई भित्र पठाउन सहजै पाइन्न किनभने कोठामा छेस्केनी लागेको छ । कुनै कोठामा चोरहरू वा डाँकाहरू वा अपहरणकारीहरू कति घातक योजना बनाउँदा हुन् । त्यो क्षण तिनीहरू पनि एउटा सानो छेस्केनीको भरमा आपूmलाई गोप्य सम्झन्छन् । बम्बईका वा मुम्बईका वा चुम्बनका कोठीहरूमा वेश्यागमन भइरहँदा पनि छेस्केनीले पर्खालको काम गर्छ । त्यो गोपनीय समयलाई बचाउने छेस्केनी नै हुन्छ । हरेक मानिस आपूmलाई शान्त, एकान्त वा चकमन्न वातावरणमा रम्न मन पराउँदा कोठाभित्रको छेस्केनी लगाउँछ । यो छेस्केनी प्रायः भित्र ढोकामा हुन्छ र अरूलाई जसलाई बाहिर पार्नुछ; त्यसलाई बाहिरै पारिदिन्छ । मानिस चाहे नुहाउन जाऊन् वा अन्य नित्यकर्ममा, यही छेस्केनीले छेक्छ, रोक्छ र बचाउँछ । त्यसैले छेस्केनीलाई सानो नठानौँ ! यो राजनीतिक ‘र’ भन्दा शक्तिशाली छ ।