सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सिण्डिकेट हटेपछि 

Nepal Telecom ad

 height=सिण्डिकेट हटेपछि मर्निङवाक नै छोडें ।
हिजो देख्या सपनालाई लोप्पा दिई तोडें ।। {{read_more}}
गाडी चढ्छु दिनदिनै उतै कवाज खेल्छु ।
दायाँ फर्क बायाँ फर्क भन्दा त्यसै गर्छु ।।

सर पछि मात्रै भन्छ  आँखा बर्साउँछ । 
कवाज खेल्न नमानेमा शब्दै पड्काउँछ  ।।
कहिले भन्छ हात उठा कहिले खुट्टा उठा ।
आधामात्रै टेक भन्छ लुका भन्छ पुठ्ठा ।।

हिजो हजूर अचम्मै भो कोट अन्तै पुग्यो ।
बाहुला मात्रै भेटें हजूर सर्दासर्दै चुँड्यो ।।
झोलासँग  अल्झिएर एउटी दिदी आइन् ।
जुत्ता पनि साटिएछ लाज मान्दै लाइन् ।।

बसबाट झर्दा खेरी एउटै टाँक हुन्न ।
कहिलेकाहीँ छाम्छु आफै नाक छ कि छैन ।।
नुहाउँछु पसिनाले पानी बच्छ घरमा ।
मर्निङ वाक त्यागें हजूर कण्डक्टरकै भरमा ।।

फाइदै फाइदा भएपछि दुखका दिन गए ।
समृद्धिको अर्थ बुझे धेरै खुशी भएँ ।।
तपाईँ पनि हिड्न छोड्नुस् बसै चढौं सँगै ।
सिण्डिकेट खत्तमै भो  कवाज खेलौं सँगै ।।
धादिङ
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला
तरबार धुँदै छु म !

तरबार धुँदै छु म...

डा. रामप्रसाद ज्ञवाली
मुस्किल छ

मुस्किल छ

बिन्दु दहाल ‘मूकदर्शक’