सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

लभस्टोरी

Nepal Telecom ad

तिमी सोह्र शृङ्गार
गरेर आऊ
या
अनुहारमा जूनको
उज्यालो भरेर आऊ
उसले,
एक आँखाले हेर्दैन,
तिमी परीकै फोटोकपी
बन,
चाहे प्रेम पढाउने मोटोकपी
बन
उसले,
तिमीपट्टि आँखा फर्काउँदैन,
तिमी हुनसक्छौ लाखौँ सपनाकी रानी
या हुनसक्छौ लाखौँ आँखाको नानी
उसले,
छडके नजर तिमीलाई गर्दैन ।
कारण,
ऊ,
मर्न आँटेको
मक्किएर झर्न आँटेको
कुर्र्सीसँगको गहिरो मायामा छ
किनकि
ऊ नेता हो ।

दार्जिलिङ, हाल : काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
को हो त त्यो मालिक ?

को हो त त्यो...

घनश्याम रेग्मी
होली आयो – होली गयो फुस्सा !

होली आयो – होली...

लक्ष्मण नेवटिया
घर

घर

तारा पराजुली
नाटकै नाटक

नाटकै नाटक

डा. खगेन्द्रप्रसाद दाहाल